अब सम्झनामा सुख र दुःखका साथी 'केके' | Khabarhub Khabarhub

अब सम्झनामा सुख र दुःखका साथी ‘केके’


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

८० र ९० को दशकमा विद्यालयमा अध्ययन गरिरहेका तथा टिनएजमा रहेका भारतीय र नेपालीको मन मस्तिष्कमा एउटा व्यक्तिले गाएको गीत झस्की रहन्थ्यो। हिन्दी गीतको क्षेत्रको त्यो आयाम दिने केकेको गत साता ५३ वर्षको उमेरमा निधन भएको छ। अब उनका थप गीत सुन्न पाइने छैन भन्ने तीतो यथार्थ स्वीकार गर्न पनि धेरैलाई कठिन हुनसक्ने छ।

पुरा नाम कृष्णकुमार कुमाथ। प्ले ब्याक गायनमा अग्रणी। यस कारण उनको अनुहार पनि उनका सबै समर्थकको लागि याद नहुन सक्छ। तर, धेरैले उनका गीत गुनगुनाएका छन्। केकेका गीत, मानिसले रोमाञ्चित हुँदै गुनगुनाएका छन्। कहिले दुखी भएको समयमा गुनगुनाए। यदाकदा हर्षले विभोर भएको समयमा पनि गुनगुनाए।

उनको निधनपछि धेरैले एउटा गायक मात्र गुमाएको महसुस गरेनन्। एउटा साथी नै गुमाएको महसुस गरे। जसका गीत गुनगुनाउँदै मानिस दुःख र सुखमा समय बिताउने गर्थे। ‘केकेले कसैले हामीलाई बुझी रहेको छ भन्ने भान पार्थे। उनको गीत नै प्रेम र मित्रताको प्रतीक थिए। जुन पहिला कहिले पनि भएको थिएन’, उनका एक फ्यान भन्छन्।

उनको निधनपछि धेरैले एउटा गायक मात्र गुमाएको महसुस गरेनन्। एउटा साथी नै गुमाएको महसुस गरे। जसका गीत गुनगुनाउँदै मानिस दुःख र सुखमा समय बिताउने गर्थे।

तीन दशक भारतीय सङ्गीतमा प्रभाव जमाएका केकेको जन्म सन् १९६८ मा दिल्लीमा भएको थियो। उनको साङ्गीतिक जीवनको सुरुवात नै व्यापारिक जींगलबाट भएको हो। त्यसपछि उनले धेरै हिन्दी भाषाका गीत त गाए नै साथमा तामिल, तलेगु र कन्नाडलगायत थुप्रै भारतीय मातृभाषाका गीत गाए। भारतीय फिल्मी गीतले उनलाई नयाँ उचाई दिएको थियो। तीनै गीतका कारण भारतीय सिने उद्योगमा केकेको भिन्न स्थान बनेको थियो।

एमटीभी र च्यानल भीमा छाएपछि ९० को दशकमै उनी स्टार भएका थिए। फिल्मी गीतको त्यस समयमा पप गीतको पनि माग बढ्न थालेको थियो। इन्डीपपमा आफूलाई अभ्यस्त गर्न थालेपछि केके धेरै युवाका ढुकढुकी बनेका थिए।

यसपछि नै भारतीय पप गीतको दुनियाँले केकेको रूपमा एउटा सनसनी खोज पात्र फेला पारेको थियो। भारतीय फिल्म उद्योगमा रोमान्टिक गीतका लागि उपयुक्त आवाजले पनि त्यत्तिकै सनसनी फैलाउन थालेको थियो। ‘प्यारका पल,’ ‘यारो दोस्ती ’र ‘छोड आए हम आ’ जस्ता गीतले मानिसलाई उदार र मन्त्र मुग्ध त बनाए नै ती गीतलाई प्रेम र मित्रताको प्रतीक पनि मान्न थालियो।

भारतीय पप गीतको दुनियाँले केकेको रूपमा एउटा सनसनी खोज पात्र फेला पारेको थियो। भारतीय फिल्म उद्योगमा रोमान्टिक गीतका लागि उपयुक्त आवाजले पनि त्यत्तिकै सनसनी फैलाउन थालेको थियो।

‘कल हम रहे या नरहे कल। याद आएगे यमे पल। चल आ मेरे सँग चल,’ हो यही गीत ९० को दशकको युवाको मुख मुखमा झुन्डिएको थियो। बाटोमा हिँड्दा, पार्टीमा, सुखमा या दुखमा सर्वत्र यो गीत गुन गुनाउनेको एउटा जमात नै थियो। कन्सर्टमा, औपचारिक कार्यक्रममा। सर्वत्र गाइने यो गीत अहिले पनि त्यत्तिकै सुन्ने गरिन्छ। हाइ नोटलाई पनि त्यत्तिकै प्रभावकारी ढङ्गले लिइएको यो गीतको माधुर्ययताले नै भारतीय युवाको मन मस्तिष्कमा बास गरेको थियो।

यो गीतले भारतका पुस्ता अन्तरको खाडलमा पनि पुरेको थियो। एउटै घरमा भिन्न पुस्ता पार्टीमा उपस्थित भएर यो गीत गुनगुनाइरहेका हुन्थे। ‘कोही कहे, कहता रहे यो दिल चाहते है’ को अर्को सुप हिट फिल्म। यो गीतले लामो समय भारतमा सनसनी नै फैलाएको थियो। जब गीत घन्कन थाल्छ मानिस टक्क अडिएर गुनगुनाउन थाल्ने यो गीतले केकेलाई अर्को उचाइ दिएको थियो।

सन् २००१ मा रिलिज भएको यो गीत भारतीय फिल्म उद्योगको टर्नीङ प्वाइन्ट भएको थियो। आफ्नो अभिभावक भन्दा फरक सोचाइ रहेका युवाको कथामा आधारित यो फिल्मको सफलतामा यस गीतको भूमिका उत्तिकै थियो। अमिर खान, अक्षय खन्ना र सेफ अलि खान जस्ता फरक खालका नायक यो फिल्ममा थिए। युवाको मनमा रहेको असन्तुष्टिलाई केकेको गीतले सम्बोधन मात्र गरेन। उनी मार्फत भारतीय सङ्गीतमा पाश्चात्य सङ्गीतको केही अंश पनि मिस्सीएको थियो।

आफ्नो अभिभावक भन्दा फरक सोचाइ रहेका युवाको कथामा आधारित यो फिल्मको सफलतामा यस गीतको भूमिका उत्तिकै थियो। अमिर खान, अक्षय खन्ना र सेफ अलि खान जस्ता फरक खालका नायक यो फिल्ममा थिए।

यसको मतलब यो होइन की केकेले रोमान्टिक गीत नै गाएनन्। थुप्रै भारतीय रोमान्टिक गीतको पछाडि केकको आवाज थियो। ब्लुज र रकमा सुहाउने एक खालको तरङ्ग केकेको आवाजमा थियो। गितारका साथ गीत गाउँदै दर्शकलाई तताउने उनको कला भने अचम्मको थियो। प्रतितम र विशाल शेखरको गीतमा उनी मजाले छाएका थिए।

उच्चारणमा प्रस्ट नभएकालाई केके आत्मबल बनेर उदाए। एक खालको साङ्गीतिक अराजक लागेको थियो होला। तर, केकेले मानिसलाई गुम्स्याएर राख्ने सङ्गीतका पुराना मान्यतालाई मजैले भत्काएका थिए। केकेको गीतले मानिसलाई लाज नमानी धेरै जानको हुलमा रुन सिकाएको थियो। उनको गीत एकाङ्कीपनको महसुस भएको समयमा धेरैको साथी बनेको थियो। प्रेमको प्रतीक मानिने उनका थुप्रै गीतले सन् २००० को दशकमा युवाको ढुकढुकी नै बनेका थिए।

एक रक स्टार जस्तो शक्ति भएका, आवश्यक समयमा माधुर्ययता छर्न सक्ने एक खालको भर्सटाइल गायक उनी थिए ।

‘केकेको गीतले सबै कुराको सामना गर्न सिकाएको छ। उसका हरेक गीत मेरै लागि लेखिए जस्तो लाग्छ’, उनका एक समर्थकले भने। बलिउडमा धेरै खाले फस्टाइली र शैली भित्रिए। यी सबै स्टाइलमा के के अब्बल देखिएका थिए।
गायनको रेन्ज र आवाजको माधुर्ययता सहितको उनका गीतले मानिसलाई जीवन प्रति आशावादी पनि बनाए। क्यु आजकल निद कम ख्वाब ज्यादा हे। लगता हे खुदाका नेक इरादा हे। यो जीवनप्रति आशावादी बनाउने गीत हो।

उनको आवाज कहिले काहीँ आक्रामक पनि देखिएको थियो। मुटु ढक्क फुल्ने र प्रेमको भाव जाग्ने आवाज पनि उनको थियो। हम दिल दे चुके सनमको ‘तडप तडप के’ साथै चलचित्र जनातको ‘तेरे ही लिए तुझ से’ले पनि तहल्का मच्चाएको थियो। त्यसो त केकेका गीत बिछोडको साथी मात्र होइन, प्रेमको समयमा पनि त्यस प्रेमलाई अङ्कुरित गर्नका लागि धेरैको जीवनमा सहयोगी बनेको उनका समर्थक बताउँछन्।

उनी एक प्रकृति प्रदत्त गायक थिए। धेरै भारतीय झैँ उनी शास्त्रीय सङ्गीतको विद्यार्थी बन्दै सङ्गीतमा प्रवेश गरेका होइनन्। एक रक स्टार जस्तो शक्ति भएका, आवश्यक समयमा माधुर्ययता छर्न सक्ने एक खालको भर्सटाइल गायक उनी थिए । भर्सटाइल भएकै कारण जो कोहीको मनमा प्रवेश गर्न उनी सफल भए।

हम दिल दे चुके सनमको ‘तडप तडप के’ साथै चलचित्र जनातको ‘तेरे ही लिए तुझ से’ले पनि तहल्का मच्चाएको थियो।

उनका समर्थककै अनुसार श्रोतका माझ उत्कृष्ट भएर प्रस्तुत हुने केकेको एक मात्र लक्ष्य थियो। उनको प्रस्तुतिमा दर्शक वा श्रोतालाई कुनै कथा भने जस्तो नभएर आफ्नै अनुभव सुनाइरहेको भान हुन्थ्यो।

९० को दशकमा त भारतका चर्चित सङ्गीतकर्मीसमेत उनीबाट प्रभावित थिए। त्यसै समयका स्टार गायक कुमार सानुले त केके आफूले सङ्गत गरेको उत्कृष्ट गायक भएको प्रतिक्रिया दिएका थिए।

गीतको मेलोडी, आवेगको विविधता र एक खालको रोमाञ्च केकेको गीतका विशेषता बने। धेरै भारतीय र नेपाली युवाका लागि उनी सम्झन लायक नाम बने। दुर्गम स्थानका भिन्न व्यक्तिलाई पनि उनका आवाजले जोडेका थिए। धेरै युवाका ढुकढुकी बनेका यी गायकले अन्ततः प्रकृतिको सबैभन्दा प्रमुख सत्यलाई आत्मसात् गरी सकेका छन्।

मानिस जब एकान्त हुन्छ, खुसी हुन्छ, आशावादी हुन्छ या निराश हुन्छ हरेक समयका केकेका गीत जवाफ बनेर आउँछ। उनी हाम्रा माझमा नभए पनि उनका ती गीत धेरैका लागि प्रेरणाका श्रोत बन्नेका छन्। स्रोतः बीबीसी, दह्वीटी ब्लग

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ७ : १६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द