पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन | Khabarhub Khabarhub

पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ ।

आज नै भएको खेलमा स्विजरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०