नेताहरुको थोत्रो बुद्धि नभत्किएसम्म शिक्षक सुध्रिदैनन् « Khabarhub

नेताहरुको थोत्रो बुद्धि नभत्किएसम्म शिक्षक सुध्रिदैनन्

‘मैले नपढाए पनि पार्टीले मलाई संरक्षण गर्छ भन्ने सोच छ’



स्थानीय तहको चुनावको सरगर्मी बढे पनि शिक्षाका बारेमा चिन्तन हुन छाडेको छ । शिक्षा सुधार्ने जिम्मा पाएका नेताहरु, कर्मचारी, शिक्षक र विद्यार्थी एक अर्कालाई दोषी देखाउन मात्रै अभ्यस्त छन् । संघीयताअनुसार संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको अधिकार दिएको छ । तर स्थानीय तहका जनप्रतिनिधि र पदका उम्मेद्वारले पनि शिक्षालाई पर्याप्त रुपमा ध्यान दिएको पाइँदैन । यस्तो अवस्थामा शिक्षा सुधारको उपाय के छ ? कसले सुधार्छ शिक्षा ? शिक्षक र विद्यार्थी नै शिक्षाप्रति किन विमुख हुँदै गइरहेका छन् ? स्थानीय तहको चुनावको सन्दर्भमा खबरहबका लागि माधव तिमिल्सैनाले शिक्षाविद् डा.विद्यानाथ कोइरालासँग गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहका उम्मेद्वारको घोषणापत्रमा शिक्षा किन प्राथमिकतामा छैन ?


त्यहाँबाट आम्दानी हुँदैन भनेर पनि बुझ्या हुनाले हो,  किनभने भवन बनाउँदा आम्दानी हुन्छ, बाटो बनाउँदा आम्दानी हुन्छ,  ठेक्कापट्टा दिए आम्दानी हुन्छ,  शिक्षामा लगानी गरे के को आम्दानी हुन्छ ? एउटा त्यो हिसाबबाट हो,  दोस्रो किन पनि हो भने शिक्षक पनि पछि लागेका छन् । विद्यार्थी पनि पछि लागेका छन्  किन गर्नुपर्‍यो त्यहाँ लगानी ? किनभने राजनीतिक दलका उनीहरु दातृ भगेनी संघ संस्थाद्वारा काम गरेकै छन् भनेपछि किन गर्नुपर्‍यो? भन्ने आधारमा पनि उनीहरूले सोचेनन्  तेस्रो के पनि हो भने जति मान्छे शिक्षित हुन्छ त्यति विश्लेषणात्मक चिन्तन ल्याउँछ, हुन त त्यो नेपालमा ठ्याक्कै लागू भएको त छैन  तर विश्लेषणात्मक चिन्तन गर्छ  आलोचनात्मक कुराकानी गर्छ  त्यो कुरो नेतृत्वलाई मन पर्दैन, यी तीन वटा कारणले गर्दाखेरि उनीहरूले स्थानीय तहले घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राख्दैनन्।

प्राथमिकतामा राखेपनि विद्यालयको शिक्षाको गुणस्तर वृद्धि, बालबालिका शिक्षाबारे किन प्रभावकारी योजना छैन ?


हो, योजना बनाउन त उनीहरु बनाइदिन्छन्  किनभने मैले पालिकाको शिक्षा योजना हेरेको छु  योजनामा राख्छन्  तर कार्यान्वयन गर्दैनन् । जस्तो उदाहरणको लागि शिक्षा बेरोजगार उत्पादन गर्ने भयो भनेर लेख्छन्  तर रोजगारीउन्मुख कसरी बनाउने हो त्यो बारेमा लेख्दैनन् । शिक्षाले घोकन्ते विद्यालाई प्राथमिकता दियो भनेर लेख्छन्  त्यसोभए गरन्ते के गरि बनाउने हो ? भन्ने किसिमको कुराकानी गर्दैनन्, लेख्नको लागि लेख्ने चलन छ  तर गर्नको लागि लेख्ने किसिमको संस्कृति बनेन  त्यो नबन्नुको पछाडिपट्टि मैले एउटै कारण के देख्या छु भने हाम्रो माथिल्लो तहदेखि तल्लो तहसम्म के रहेछ भने जे बोल्छन्, त्यो गर्दैनन्  जे गर्दैनन् त्यो बोल्दिन्छन् । अब त्यो स्थिति हाम्रो निम्ति नियति रहेछ  त्यही नियतिको निरन्तरता तलसम्म छ त्यसो भएको हुनाले केही गाह्रो भएको हो ।

अघिल्लो पालिका चुनावमा पनि एमाले, कांग्रेस, माओवादीले शिक्षालाई सर्वसुलभ शिक्षाको व्यवस्था गरिने छ, गुणस्तरीय हुनेछ, हामी शिक्षालार्ई व्यावहारिक बनाउँछौ भनेर घोषणापत्रमा लेखेका भेटिन्छन् । तर त्यो केवल घोषणापत्रमा मात्र सीमित भयो । कार्यान्वयनको पाटो देखिएन । यसरी विद्यार्थी र अभिभावकलाई झुक्याइरहेका यी ठुलठुला दललाई तपाई के भन्नुहुन्छ ?


बोल्ने नगर्ने मान्छेहरूको जमघट भनेर भन्छु, त्यसो भने पछि थुकको डोरी बाट्ने भन्ने गाउँघरको चलन छ नि  त्यही शब्दको पुनरोक्ति गरेका हुन्  किनभने थुकको डोरी बाट्दा रहेछन् भनेर बुझ्छु । तर मैले के पनि बुझ्छु भनेनी उनले टुङ्गो गर्न नसकेको विषयवस्तु पनि हो जस्तो शिक्षा व्यवहारिक हुनुपर्छ, जनमुखी हुनुपर्छ, उत्पादनसँग जोडिनुपर्छ,  वैज्ञानिक हुनुपर्छ , त्यो भन्न पनि भने संविधानमा पनि लेखियो  घोषणापत्रमा पनि आयो  व्यवसायिक विद्यालय बनाउने भन्ने कुरो पनि आयो 
तर के आएन भने त्यो जिम्मा कसको हो साँच्चै ? विद्यार्थीलाई गुणस्तरीय बनाउने जिम्मा कसको हो ? विद्यार्थीलाई गरिखाने बनाउने जिम्मा कसको हो ? विद्यार्थीलाई विश्लेषणात्मक क्षमता सुनिश्चित गर्ने जिम्मा कसको हो ? त्यो जिम्मामा शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, कर्मचारीलाई र राजनीतिज्ञलाई पनि एउटै भुत सवार भएको छ त्यो भुत के भन्दाखेरि यो सबैको जिम्मा हो भनेर भन्ने त्यो भुत नउत्रेसम्म केही पनि बन्दैन ।

किनभनेदेखि कसै न कसैले जिम्मा नलिने हो भने धेरैको जिम्मा भन्नुको पनि कसैको काम पनि नहुनु हो  त्यो स्थितिबाट म के देख्छु भने भुत जुन दिन उड्छ, त्यो दिन उहाँहरूले टुङ्गो गर्नुहुन्छ  गुणस्तरीय शिक्षाको जिम्मा फलानोको, व्यवहारिक, वैज्ञानिक, जनमुखी बनाउने जिम्मा फलानोको यसरी भन्न सक्ने वा व्यवसायिक शिक्षा दिने जिम्मा फलानोको  यो किसिमको कुरो गर्न थालेको दिनमा मलाई लाग्छ, बन्छ  अब त्यो दिन नआएको हुनाले गाह्रो भएको हो ।

कोरोनाको बेला उसो त सबै क्षेत्र तहसनहस भयो, बढिजसो बालबालिकाको पढाइलाई ठुलै क्षति पुर्‍यायो, अहिले पनि बालबालिकाको पढाई त्यति राम्रो बन्न सकेको छैन  यसले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको विभिन्न तथ्याङ्गले देखाएको छ । यसमा सुधार ल्याउन वा पहिलेकै लयमा पर्काउन के गर्न आवश्यक देखिन्छ ?


मैले त अझ राम्रो सम्भावना देखेको छु अबको केटाकेटीहरुलाई कोरोनाको जस्तै किसिमको समस्या आयो अथवा घरै बसेर पनि पढ्न सकिन्छ र त्यसलाई विश्लेषणात्मक ढङ्गबाट चिन्तन गर्न सकिन्छ ।

त्यो विशेषज्ञता हासिल गर्न सक्छ भन्ने म देख्छु, जस्तो उदाहरण्को लागि ठडियाको खेती गरिरहेको केटाकेटीलाई ठडियाको बाकसमा लट्टेको पात गन भन्ने भए उसले गणित मजासँग जान्थ्यो त्यो ठडियाको पात त्यस्तो राम्रो किन भयो होला  पात त्यस्तो हुनुको पछाडी माटो हो की, विज हो कि अथवा के जिम्मेवार हो ? के जिम्मेवार हो भनेदेखि उनीहरूले विज्ञानका कुराहरु ल्याउँछन् । त्यस्तै भोली त उनीहरु ठडियामा अथवा लट्टेमा उनीहरु क्याल्सियम पाइन्छ ,फलाम पाइन्छ भनेर भन्न सक्ने किसिमको हैसियतमा हुन्छन् सँगसँगै गएर उनीहरूले क्याल्सियमको मात्रा ट्याब्लेट खानु पर्दैन । अब ठडिया अथवा लट्टेलाई हामी यसरी आधुनिक बनाउन सक्छौं,  यसमा यो तत्व हाल्दिन सक्छौं , यसले यो यो काम गर्न सक्छ भनेर भन्ने किसिमको अनुसन्धान गर्न सक्छन् त्यही अनुसन्धानको आधारमा त्यो एउटा बच्चो लट्टे विज्ञ वा ठडिया विज्ञ हुन सक्छ  यो किसिमको विज्ञता हासिल गर्न सकिने किसिमको अत्यन्त राम्रो अवसर त्यो कोरोनाको बेला तर त्यो अवसर चुकाए मैले बारम्बार भनिरहेँ तर त्यसलाई उहाँहरूले चिन्तन गर्न चाहनु भएन ।

अहिले पनि म के भनिरहन्छु भने अबको केटाकेटी सबैलाई एकै खालको शिक्षा दिएर पुग्दैन । किनभने अब जन्मदै विशेषतायुक्त्त केटाकेटी जन्मिएका छन् । त्यो विशेषतायुक्त्त केटाकेटीका निम्ति विशेष शिक्षा दिनको निम्ति बल गर्न सक्ने साह्रै सम्भावना छ । कोही त्यो आधुनिक प्रविधि मोबाइलमा हेर्लान्, मोबाइलबाट विज्ञ बन्लान्,  कोही ल्यापटपमा हेरेर थाहा पाउँलान्, कोही सिडि डिभिडि पल्टाएर त्यहाँबाट थाहा पाउलान्, कोही केटाकेटी बारीमा काम गरेर थाहा पाउलान्, कोही खेतमा काम गरेर थाहा पाउलान्, कोही अर्काको घरमा भाडा माझेर थाहा पाउलान्,त्यो विज्ञतामा लाने र अनुसन्धान गर्न लाउने किसिमको प्रक्रियामा अझै पनि लान सकिन्छ, त्यो बारेमा शिक्षकको पुनःअभिमुखिकरण जरुरी हो । राजनितिक दलहरुको पुनःअभिमुखिकरण जरुरी हो । तर नसकिने र अफ्ठ्यारो पर्ने वा लयमा पुगेन भन्ने गुनासो भन्दा पनि लयमा पुग्न यसो गर्न सकिन्छ भन्ने दृष्टिकोण बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

पढेलेखेका विद्यार्थीसँग डिग्रीका सर्टिफिकेट हातमा छन् तर बेरोजगार बस्नुपरेको अवस्था छ । अब नेपालमा केही हुँदैन भनेर अन्तिम अवस्थामा लाखौं लाख युवा वैदेशिक रोजगारीका लागि परिवारसँग टाढिएर विदेशिनु पर्ने यो बाध्यात्मक परिस्थिति आउनुमा तपाई कस्को दोष देख्नुहुन्छ ?


मैले त कसरी देख्छु भन्दाखेरि नि विद्यार्थीहरुलाई आशा जगाइदिने किसिमको काम सरकारले गर्नुपथ्र्यो  सरकार भनेको राजनीतिक नेतृत्वमा भएका मान्छे हुन् । नेतृत्वमा भएका मान्छेले चाहे एमालेको होस् , चाहे कांग्रेसको होस्, माओवादीको होस् , जसपाको होस् , तमलोपाको होस् ,जोसुकै पार्टीको होस्, जुनजुन पार्टीका साथीहरु हुन् उहाँहरुको दुस्साहसी काम के हो भने हाम्रो शिक्षा बेरोजगार उत्पादन गर्ने भयो  हाम्रो शिक्षाले यसो गरेन उसो गरेन भनेर भन्ने घोकाउने दुस्साहसी काम उहाँहरुले बारम्बार गरिरहनुभयो ।

त्यसैले सबैभन्दा बेइमान उहाँहरु हो, मैले उहाँहरुलाई बेइमान नै भन्छु किनभने उहाँहरुको जिम्मा आशा देखाउने हो नि राज्य सञ्चालकले त आशा देखाउनुपर्ने उल्टै निराशामा बदलेर जानुभयो दोस्रो जिम्मेवार म कसलाई देख्छु भन्दा हामी जस्ता प्राज्ञिक भन्ने मान्छेहरु जो प्राज्ञिक भनिने मान्छेहरुले के भन्नुपर्ने थियो भन्दा दिक्षान्त समारोहमा जाउँ बेरोजगार उत्पादन गर्‍यो भनेर भन्या छ । भाषण गर्न जाउ बेरोजगार उत्पादन गर्‍यो भनेर भन्या छ । के भन्या यो नचाहिदो कुरा यहाँ यसरी रोजगार सम्भव छ भनेर भनेको भए के हुन्थ्यो  जस्तो ढल्केबरदेखि लिएर जनकपुरधामसम्म मान्छेहरुले जमानामा पञ्चायतकै बेलामा यहाँ हामीले देख्न सक्थ्यौं दुइतिर आपका गाछीहरु थिए ।

ती आँपका गाछीहरु लाउने महान चिन्तकहरुलाई त्यही किसिमको तरिका गर्दा हाम्रा केटाकेटीलाई  आँपका गाछीहरुलाई तिमीले मधेसमा आँपै आँप फलाउने किसिमको डिजाइन सोच्न सक्छौ तिम्रा गाछीको सुरक्षा गर्ने हामी भयौं  हामी यसरी गर्छौ अथवा तिमी सुरक्षा गर हामी यसरी सपोर्ट गर्छो भनेको भए के हुन्थ्यो ? त्यस्तै हाम्रा केटाकेटीहरुलाई शिक्षकको सहकारी बन्न मिल्ने, कर्मचारीको सहकारी बन्न मिल्ने, जनताको सहकारी बन्न मिल्ने विद्यार्थीको सहकारी बनाउन हुँदैन ? विद्यार्थीको सहकारी बनाएर त्यसबाट ऋण लिने दिने र त्यहाँबाट गरिखाने किसिमको गराउन मिल्दैन ? त्यसो गर्दिएको भए सम्भावना देखियो अर्को सम्भावना पनि छ  एकचोटी विचार गरौं न हाम्रा पहाडहरुलाई कसरी सिँगार्‍यौँ भने सम्भावना होला  प्रकृति र आधुनिकतालाई जोड्ने तरिका कसरी सम्भावना होला ? यस्तो कुरो मात्रै भनेर संवाद गर्ने संस्कृति स्कुलमा, कलेजमा, विश्वविद्यालयमा हुने हो भने विद्यार्थीले हिमालमा बसे हिमालमै सम्भावना खोज्थ्यौँ।

पहाडमा बसे पहाडमै सम्भावना खोज्थ्यौँ,  मधेसमा बसे मधेसमै सम्भावना खोज्थ्यौँ, जहाँसुकै बसेपनि उनीहरूले सम्भावना मात्रै खोज्थ्यौँ , सम्भावना नदेखाइदिएर हामीकहाँ आउनुस् युरोप जानुस्, हामीकहाँ आउनुस् अष्ट्रलिया जानुस्, भन्ने दुससाहसी काम यो निजी विद्यालयका सञ्चालकले पनि गरे  त्यसो हुँदाखेरी मैले त के देख्छु भने मुलतः जिम्मेवारी लिनुपर्ने काम राजनितिक दलका शीर्ष नेतृत्व भन्नेहरुले हो । तीनका चिन्तकहरुले भन्दिनुपर्ने हो र त्यो कुरोलाई अब म कसरी कार्यान्वयन गर्न सक्छु किनभने मैले के देख्छु भन्दा राजनीतिक नेतृत्वले बोलेका शब्दलाई दोहार्‍याउनु भनेर भनेको तीनका मतियाराहरु, राजनीतिक दलका भातृ संगठन भगेनी संगठन जुन छन् शिक्षकका होलान्, कर्मचारीका होलान, विद्यार्थीका होलान् , वकिलका होलान्, विश्वविद्यालयका पदाधिकारी वा प्राध्यापकका होलान्, तिनीहरुको काम त नेतृत्वले भनेका कुरालाई कार्यान्वयन गर्ने हो नि  उहाँहरुले पनि त्यही बोली बोल्दिने हो त्यो भनेको त बेइमानी हो धोकाधारी हो दललाई  दलले त्यो कुरा नबुझ्या हो  मलाई लाग्छ, यसरी यो हेर्‍यो भने आशिंक रुपमा सबै दोषी छौं । मुलतः दोषी राजनीतिक दलको नेतृत्व जसले सपना देखाउनुपथ्र्यो  सपनाको साटो सपनालाई कुठाराघात गर्ने काम गर्‍यो ।

शिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि प्रथम पत्रको परीक्षाको नतिजा प्रकाशित गर्‍यो, विभिन्न १४ विषयमा दरबन्दी माग संख्या १ हजार ५५२ थियो र परीक्षामा ३२ हजार ०९७ जना परीक्षार्थीहरू समावेश भएका थिए  जसमध्ये ३ हजार ८८६ जना मात्र उतीर्ण हुन सके  भनेको जम्मा १२ प्रतिशत मात्र यस नतिजाले के देखाउछ ? हाम्रो शैक्षिक अवस्था कहाँनेर कसरी खस्किरहेको छ ?


मैले कसरी बुझ्छु भनेदेखि शिक्षक सेवा आयोगले स्पष्टसँग के गर्‍यो भने पाठ्यक्रम यो भनेर भन्यो त्यहाँ पाठ्यक्रममा केही विमती रहेन,  परिक्षा यसरी गरिन्छ भनेर परिक्षाको प्रश्न नमुना त्यहाँ पनि विमति रहेन, दुइटै कुरा दिदाखेरी पनि आफुलाई तयार गर्न नसक्ने शिक्षकहरुलाई मैले ठुलो दोषी भनेर भन्छु त्यो उहाँहरुको कमजोरी हो, प्रवृतिगत कमजोरी हो,  किनभने पाइन्छ कि पाइदैन भन्ने गुनासो छ पढ्ने संस्कृति नभएर कमजोरी हो ।

त्यस्तै ट्युसन सेन्टरहरु जसले पढाएर म पास गराउछु भन्छ अथवा किताब लेखे किताब लेखेर ल यो किताब पढेपछि तिमी ठ्याक्कै पास भनेर भन्यो विश्वको गहिराईसम्म जान सक्ने किसिमको रहर पनि नभएको मान्छेहरु प्रवेश गर्नुपर्ने परिस्थिति भयो  मलाई लाग्छ, त्यो परिस्थितिले गर्दाखेरी कम पास भएका हुन् त्यसमा आशिंक दोष विश्वविद्यालयले पनि लिनुपर्छ म जस्ता विश्वविद्यालयमा बस्ने मान्छेहरुले पनि लिनुपर्छ किनभने विश्वविद्यालयले तयारी गरेको मान्छे पनि त्यो हो ।

त्यो अर्को किसिमको हिसाबबाट पनि सोच्न सकिने कुरो हो त्यसैले म के देख्छु भने, यसमा मुलतः दोष विद्यार्थी त्यो शिक्षक हुन जाने दरखास्त दिने मान्छे नै हो अब त्यो तागत नपुगेपछि त उसलाई फेल गर्नु स्वभाविकै हो किनभने हामी लोकतन्त्रका कुरा गर्छौ  लोकतन्त्रको भाषा गुणभत्ता हो गुणभत्ता भनेपछि आफ्नो क्षमता भएर क्षमता देखाउनसक्ने मान्छे बनाउनुपर्छ भन्ने दृष्टिकोण बोकेपछि गुणै नभएका मान्छेलाई धेरै जना पास गर भन्नु भनेको बेइमानी हो  त्यो थोरै पास गरेँ  त्यसैले धेरै पास गर्नुपर्छ भनेर भन्नु भनेको त्यो बौद्धिक बेइमानी हुन्छ  उनको क्ष्मता पुगेन । बरु उनीहरूले दोहोर्‍याएर जाँच दिनुपर्छ तर न्युनतम क्षमता भएको मान्छे ल्याउनुपर्छ भनेर भन्ने दृष्टिकोण हो  मान्छेहरूको पढ्ने संस्कृति नभएको निश्चित हो ।

भनेपछि शिक्षक सेवा आयोगको पनि दोष यसमा तपाई देख्नुहुन्छ ?


होइन कतैपनि दोष छैन भनेर भन्ने होइन किनभने कहिलेकाही मैले कसरी देख्छु भने त्यो पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोध्यो त्यसैले हुँद्रैन भनेर भन्नु भनेको बदमास बुद्धि हो उहाँहरुलाई त झन् खुल्ला भन्दा खुल्ला प्रश्न दिनुपथ्र्यो शिक्षक सेवा आयोगको कमजोरी के देख्छु भन्दा वस्तुगत प्रश्न दिएर टिक लाउदै नम्बर दिदै गर्ने भनेको ठाडै बेइमानी हो वस्तुगत प्रश्न हाल्ने तरिका उनीहरुको बेठिक भयो बाँकि रहेको कुराकानीमा त यस्तै हुन्छ यसरी नै परिक्षा गर्ने हो भन्ने मलाई लाग्छ ।

नेपालको शिक्षा प्रणालीको विषयमा थुप्रै प्रश्न उठ्ने गर्छन् शिक्षा प्रणाली घोकन्ते छ,  प्राविधिक शिक्षा छैन व्यवहारीक शिक्षा छैन  यो घोकन्ते र परम्पराशैलीबाट हाबी भएको हाम्रो शिक्षा नीति कहिले परिवर्तन होला ? र अहिलेको अवस्थामा शिक्षा नीति व्यवहारीक बन्ने सम्भावना तपाई कत्तिको देख्नुहुन्छ ?


त्यो घोकन्ते भनेर भनेको समस्या होइन, कसैले यदि त्यस्तो भन्यो भने पुर्खामाथी अन्याय गर्‍योँ भनेर भन्छु म किनभने हाम्रा पुर्खाले घोकेरै वेद बचाएका हुन् घोकेरै पुराण बचाएका हुन्, हाम्रा ती महान् पुर्खाहरुलाई मैले तीन चोटी सलाम गर्छु  अब प्रश्न कहानिर आउछ भने घोकेको मान्छेलाई सोच्न किन नलाको ? शिक्षक किन गर्दैन त्यो काम ? त्यसै अर्कालाई दोष लगाएर मात्र हुन्छ ? प्राध्यापक किन गर्दैन त्यो काम ? घोक्नेलाई सोच्ने बनाउने काम प्राध्यापकहरुको हो  शिक्षकहरुको हो भनेर म ठम्याउँछु । नचाहिने बकबक गरिरहने हो कि ? भएन भने म यसरी गर्छु भनेर भन्ने हो । यस्तो किसिमको गर्‍यो भनेदेखि मलाई लाग्छ, शिक्षामा रुपान्तरण हुन्छ ।

विद्यार्थीको भविष्य निर्धारण गर्ने भनेकै शिक्षक हो  केही शिक्षकहरूले कक्षामा पर्याप्त समय नबिताउने, मन लगाएर नपढाउने र राजनीतिमा लाग्ने गरेको पाइन्छ  यसको प्रमुख कारण के देख्नुहुन्छ ?


दलले बुझेको गोप्य कुरो , त्यो गोप्य कुरो के हो भन्दाखेरि शिक्षकलाई पछि लाउन पाइयो भने विद्यार्थी स्वतः पछि लाग्छन् यी भनेका फोगटिया कार्यकर्ता हुन् जसलाई न त आफूले पैसा तिर्नुपर्छ  न के गर्नुपर्छ भन्ने किसिमको राजनितिज्ञले मस्तसँग बुझेँ  नेपालका ठुला भनिएका जतिपनि राजनितिक दलहरु छन् वा विरोधमा जाने जतिपनि दलहरु छन्, उनीहरूले बुझेँ ।

हाम्रो राजनीतिज्ञले के गोप्य कुरो बुझ्यो भन्दाखेरी शिक्षकलाई फेगटिया काममा लाउन सकिन्छ भन्ने  आफ्नो साधन बनाउन सकिन्छ भन्ने बुझ्यो शिक्षकले उल्टो अर्को के बुझ्यो भने मैले नपढाएपनि मेरा मालिकेले मलाई संरक्षण दिन्छन्  मालिके भन्नाले के बुझ्नुस् भन्दा नेविसंघको कार्यालय कहाँ हुन्छ भन्दा नेपाली कांगे्रसको कार्यालय जहाँ हुन्छ  उद्घाटन गर्न जाने त्यही समापन गर्न जाने त्यही  क्रान्तिकारीको कार्यालय कहाँ हुन्छ भने प्रचण्डको कार्यालय जहाँ हुन्छ । माओवादीको कार्यालय जहाँ हुन्छ त्यही हुन्छ  उद्घाटन गर्न जाने त्यही समापन गर्न जाने त्यही अब ओलीको पनि ठिक्क त्यही किसिमको छ राजेन्द्र लिङ्देनको पनि त्यही हो  यसरी हेर्ने हो भने के देखिन्छ हाम्रा राजनीतिज्ञको जुन थोत्रो बुद्धि वा चिन्तन छ, त्यो नभत्किएसम्म त हामीलाई गार्है छ । तर भत्काउनुपर्छ भन्ने दृष्टिकोण राख्छु म ।

अन्तिममा केही भन्नु छ ?


मेरो दृष्टिकोणमा के हो भनेदेखि हामीले एक अर्कालाई दोष लाउन थुप्रै काम गर्‍यौँ, कहिले दललाई दोषी भन्यौं, कहिले शिक्षकलाई भन्यौ । कहिले प्राध्यापकलाई दोषी भन्यौं कहिले अभिभावकलाई दोषी भन्यौं,  हाम्रा चिन्तनहरु दशतिर दोषहरु देखाउने मात्र भयो । अब गर्नुपर्ने काम के हो भने अब मुठभेड गरौं, त्यो भनेको राजनितिक दलका नेतृत्वलाई के भनौं भने तपाईहरुले शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई वा प्राध्यापकहरुलाई जुन दलमा आबद्ध गर्नुभयो यो छोड्नुहुन्छ कि छोड्नुहुन्न ? छोड्नुहुन्छ भनेपछि तपाईले उनलाई पेशाकर्मी बन्न दिनुस् ।
छोड्नुहुन्न भनेर भनेपछि उनीहरूलाई दलको आस्थावान् हुदा हुँदै पनि गतिलो दलको मान्छे हो,  यो मान्छे पेशामा अब्बल छ, दलको निम्ति काम गर्छ भन्ने बनाउ यसरी मुठभेड गर्ने  दल र हामी जस्ता मान्छेहरूको बिचमा, अभिभावक, विद्यार्थी, शिक्षकको बिचमा संवाद गराइदियो भने मज्जासँग कुराकानी आउँदो रहेछ  त्यो के आउँदो रहेछ भने अभिभावक भन्दो रहेछ शिक्षक दोषी, विद्यार्थीले भन्दो रहेछ शिक्षक दोषी, शिक्षक भन्दो रहेछ अभिभावक दोषी दुइटालाई भन्यो भने दुइटाबाट फेरि दोषी को भन्दा आपसमा द्धन्द्ध गरेर ल अब हामी त्यसोभए दोषी दोषी भयौं  गर्ने के हो भन्यो भने निकास निस्किन्छ ।यो प्रक्रियामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।

यसरी मुठभेडमा हामी जान सक्यौं भने सबैले आफ्नो गल्ति महशुस गर्छन्, सबैले सम्भावनाहरु खोज्छन्, त्यो गल्ति र सम्भावना दुइटै कुराबाट सिकाइ भएर भोलीका निम्ति अगाडि बढ्ने बाटो देखिन्छ भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ३४ बजे

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको

पूर्व डिआइजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी

काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन   

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन

एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि

गृहमन्त्री खाणको वडामा कांग्रेस पराजित, एमालेका पौडेल विजयी

बुटवल- गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ ।