वातावरण जोगाउने अभियानमा सक्रिय युवा « Khabarhub

वातावरण जोगाउने अभियानमा सक्रिय युवा


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वातावरण विनाश बढ्दै गएपछि यसलाई बचाउने अभियानको रूपमा ‘मदर नेचर’को स्थापना भएको थियो। वातावरण विरोधी गतिविधिविरुद्धमा सक्रिय अभियानमा सहभागी हुनेलाई अहिले राज्यले नै निसाना बनाउन थालेको छ। अभियानमा सहभागी धेरै जना जेलसमेत पुगेका छन्।

थन राथा र लङ कुन्थेया दुवै जना वातावरण बचाउमा सक्रिय युवा अभियन्ता हुन्। सरकारको विरुद्धमा बोल्ने दुस्साहस गरेकै कारण उनीहरुले एक वर्षभन्दा बढी समय जेलमा बिताएका छन्।

राथा अभियानमा सहभागी हुनु अगाडिसम्म सुपर मार्केटमा काम गर्ने एउटा विद्यार्थी थिए। सन् २०१४ को अन्त्यमा कम्बोडीयाको नोमपेन्हमा अवस्थित एउटा विश्वविद्यालयमा आयोजित कार्यशाला गोष्ठीमा सहभागी भए पश्चात् उनीहरुको जीवन फेरिएको छ।

‘मदर नेचर’ वातावरण समूहका स्पेनिस सह संस्थापक गोन्जालेज डेभिडसनले त्यो कार्यशाला सञ्चालन गरेका थिए। डेभिडसन कम्बोडीयाको भाषामा पोख्त थिए। गोष्ठीमा उनले पश्चिमी कम्बोडीयाको कर्डामम पहाडमा बनाइएका हाइड्रोपावर ड्याम र यसले वातावरणमा पार्ने असर बारे चर्चा गरे।

२०१७ मा राथाको भिडियो क्लिप हेरेर २४ वर्षीया कुन्थेया पनि प्रभावित भइन्। सोही वर्ष उनले सो समूहमा आबद्ध हुने प्रण गरिन्।

यसबाट उत्साहित राथाले यस समूहमा आबद्ध हुने प्रण गर्दै बालुवाको उत्खननका बारे चासो लिन थाले। यो गैरकानुनी जङ्गल फडानी अन्तरगतकै काम थियो। साथमा तटीय सहर सिहानाउक भाइलमा बनाइएका संरचनाले वातावरणमा पर्ने असरका बारे पनि उनले आवाज उठाउन थाले। सन् २०१७ मा राथाको भिडियो क्लिप हेरेर २४ वर्षीया कुन्थेया पनि प्रभावित भइन्। सोही वर्ष उनले सो समूहमा आबद्ध हुने प्रण गरिन्। यसको केही अगाडिसम्म उनी पनि राजनीति र सामाजिक गतिविधिमा चासो भने दिइरहेकै थिइन्।

‘अन्य कम्बोडीयाली झैँ म पनि डराएकी थिएँ। म राजनीतिक लेख लेख्नसमेत डराउँथेँ’, उनले भनेकी छन्। भिडियोमा राथा र उनका अभियन्ताको घाटीसम्म बालुवा भएको दृश्य पनि देखिएको थियो। भिडियोले उनको मानसपटलमा नराम्रो छाप परेको थियो। उनी मात्र होइन, फेसबुकमा राखिएको त्यो भिडियो ४५ लाखले हेरेका थिए। उक्त भिडियो १ लाख ५० हजारले सेयर गरेका थिए।

प्रधानमन्त्री हन सेनको नेतृत्वको कम्बोडीया सरकारले वातावरणलाई विनाश गरेको आरोप लाग्दै आएको छ। उनले यो कुरा इन्कार गरेका छन्। तर, कम्बोडीया संसारकै सबै भन्दा धेरै वन, जङ्गल नास हुने देशको सूचीमा छ। एमनेस्टी इन्टरनेसनलका अनुसार सन् २०११ यता ६४ प्रतिशत जङ्गलको नास भएको छ।

आधा उर्वर भूमि पछिल्लो १५ वर्षमा गुमेको छ। नोमपेन्हमा रहेका २५ तालमध्ये १५ ताललाई पुरेर भौतिक संरचना तयार पारिएका छन्।

अन्य आरक्षण निकाय र अधिकारकर्मीका अनुसार त्यहाँको आधा उर्वर भूमि पछिल्लो १५ वर्षमा गुमेको छ। नोमपेन्हमा रहेका २५ तालमध्ये १५ ताललाई पुरेर भौतिक संरचना तयार पारिएका छन्।

हनसेनले बढ्दो जनसङ्ख्या तथा गाउँका मानिसले घर बनाउने क्रममा रुख काटेकाले यस किसिमको समस्या आएको बताएका छन्। ताल पुरिएको कुरालाई भने उनले आफू विरुद्धमा डाहा गर्नेले अनर्गल प्रचार गरेको आरोप लगाएका छन्। उनले विकासका लागि यो अति आवश्यक रहेको दाबी गरेका छन्।

कसरी भयो मदर नेचरको स्थापना ?
सन् २०१३ मा कर्डामम पहाडमा हाइड्रोपावर परियोजना बनाउन सुरु गरिएपछि विस्थापित स्थानीयलाई सहयोग गर्ने क्रममा ‘मदर नेचर’को स्थापना भएको थियो। सन् २०१७ मा विरोधी समूहको रूपमा यसको स्वरूप फेरिएको थियो।

अभियानमा टिनको अन्त्यमा रहेका या भर्खरै २० मा प्रवेश गरेका युवाको बाहुल्यता छ। बालुवा खानीका कारण वातावरणमा परेको असरबारे उनीहरूले सशक्त ढङ्गले समाजमा आवाज उठाएका छन्।

आफूले पत्ता लगाएका तथ्यलाई डकुमेन्टको स्वरूप दिँदै आकर्षक ढङ्गले सूचना मूलक भिडियो फेसबुकमा राख्न थालेपछि यो समूहको लोकप्रियता बढेको हो। समूहको फेसबुक पेजमा ४ लाख ३२ हजार फलोअर छन् । लोकप्रियताका बाबजुद सरकारको विरोध उनीहरूका लागि पछिल्लो समय महंगो साबित भएको छ।

समूहको फेसबुक पेजमा ४ लाख ३२ हजार फलोअर छन् । लोकप्रियताका बाबजुद सरकारको विरोध उनीहरूका लागि पछिल्लो समय महंगो साबित भएको छ।

सरकारका प्रवक्ता फे सिफनले उनीहरू वातावरण जोगाउने अभियानको पक्षधर भए पनि ‘मदर नेचर’अपुष्ट लक्ष्यका साथ स्थापना भएको आरोप लगाएका छन्। ‘केटाकेटी उमेरका उनीहरूका गतिविधि वातावरण जोगाउने भन्दा अन्य नै केही देखिन्छ। उनीहरूको गतिविधि वातावरण जोगाउने खालको होइन’, उनले भनेका छन्।

सन् २०२० मा सहरको सबैभन्दा ठूलो ताल पुर्ने योजना अगाडि बढाइएपछि कुन्थेयाले नोम्पेन्हमै रहेको हनसेनको कार्यकक्षको अगाडि प्रदर्शन गर्ने तयारी गरेकी थिइन्। उनकै सहकर्मी मदर नेचर अभियानकी फाउन कियोरेस्मी एकल प्रदर्शनको दृश्यका लागि तयार थिइन्। उनीहरूले प्रदर्शन सुरु गर्ने बित्तिकै प्रहरीको भ्यान पुग्यो। सोही भ्यानले उनीहरूलाई सोधपुछका लागि भन्दै लग्यो।

‘म एक्लो थिएँ। चार या पाँच प्रहरी अधिकारीले मलाई सोधपुछ गरेका थिए। मेरो बयान पनि लिएका थिए’, कुन्थेयाले भनिन्, ‘मेरो प्रदर्शन आतङ्कवादी गतिविधि अन्तरगत त होइन ? म अचम्ममा परेँ। कसरी म आतङ्कवादी हुन सक्छु।’

१ सय ५० जना अन्य महिलासँगै कुन्थेया र कियोरेस्मी जेलको एउटै कोठामा अटाएका थिए।

दुई अभियन्तालाई गिरफ्तार गरियो। अदालतमा लगेर सामाजिक सद्भाव बिथोलेको आरोप लगाइयो। त्यस लगत्तै राथालाई पनि गिरफ्तार गरियो। उनलाई पनि त्यस्तै आरोप लगाइयो। तीनै जनालाई हिरासतमा मुद्दा चलाइयो। साथै दुई वर्षका लागि जेल चलान पनि गरियो। १ सय ५० जना अन्य महिलासँगै कुन्थेया र कियोरेस्मी जेलको एउटै कोठामा अटाएका थिए।

२० वर्षीया कियोरेस्मी आङ साङ सुकी र नेल्सन मन्डेलाले लेखेको पुस्तक पढेर समय बिताउँदै छिन्। आफूलाई अभ्यस्त राख्न खोजे पनि जेल भित्रको वातावरण साँच्चै अत्यास लाग्दो छ। भीड, कोलाहल र यदाकदा अन्य कैदी बीचको झगडाले ती किशोरीलाई वाक्क लगाउँछ। त्यही तनावले होला कोठाका एक कैदीले आफू ज्यान त्यागिन्। कुन्थेयाको बुझाइमा सरकारले सही कुरा आम मानिसका माझमा जानबाट रोक्नका लागि उनीहरूलाई थुनेको हो। ‘यो धम्की मेरोविरुद्धमा मात्र होइन। प्राकृतिक श्रोत साधनको नास भएकोमा असन्तुष्ट भएका युवाको आवाजलाई रोक्नका लागि र उनीहरूको आत्मबलमा प्रहार गर्नका लागि मलाई जेलमा राखिएको हो’, उनले भनेकी छन्।

प्रत्येक महिना प्रहरी कहाँ हाजिर हुनसक्ने शर्तमा उनीहरू रिहा भएका थिए। यसको मतलब कुनै पनि समय उनीहरू फेरि गिरफ्तार हुन सक्छन्।

मे महिनामा कुन्थेया, राथा र केयोरेस्मीका बारे फैसला सुनाइएको हो। सोही फैसलाका साथ उनीहरूलाई जेल चलान र धेरै रकमको जरिवाना पनि गरिएको छ। त्यो जरिवाना नतिरे उनीहरूले १० वर्षसम्म जेल सजाय बिताउनुपर्ने अवस्था सिर्जना भएको थियो।

त्यसपछि गत जुनमा मदर नेचर अभियानका अन्य तीन अभियन्तालाई गिरफ्तार गरियो। उनीहरूलाई राजसंस्थाको विरुद्धमा लागेको गम्भीर मुद्दा लगाइएको थियो। उनीहरू कसरी राजतन्त्रका विरुद्ध सक्रिय रहे भन्ने कुरा कतै उल्लेख गरिएको छैन। ६ नोभेम्बरमा पुनरावेदन अदालतको फैसला उनीहरूको पक्षमा पनि आएको थियो। कुन्थेया, राथा र कियोरेस्मीले एक वर्षपछि खुला हावाको अनुभव गर्न पाए। तर, यो पनि क्षणिक बन्न पुग्यो। प्रत्येक महिना प्रहरी कहाँ हाजिर हुनसक्ने सर्तमा उनीहरू रिहा भएका थिए। यसको मतलब कुनै पनि समय उनीहरू फेरि गिरफ्तार हुन सक्छन्।

कुनै पनि दिन सरकारी धरपकडसहित जेल जीवनको फेरि सुरुवात हुनसक्ने जोखिमसहित वातावरण जोगाउ अभियानमा सरिक यी युवाको सत्कर्म संसारका लागिप्रेरणाको श्रोत बन्न सक्छ।

ह्युमन राइट वाच एसिया निर्देशक फिल रोबर्टसनले वातावरण अभियन्तामाथि सरकारले अबको पुस्ताको साँचो आवाज बोल्नेलाई गलत गरेको धारणा व्यक्त गरेका छन्। मदर नेचरका संस्थापक गोन्जालेज डेभिडसन सात वर्ष अगाडि नै कम्बोडीयाबाट निकालिएका छन्। उनीमाथि पनि अनेकौं आरोप लगाइएका छन्।

कुन्थेया, राथा र कियोरेस्मीले आफ्नो कार्यलाई निरन्तरता दिइरहेका छन्। राथाले जेल जीवन कठिन भए पनि यसले धेरै आत्मबल र साहस पनि दिएको प्रतिक्रिया दिएका छन्। कुनै पनि दिन सरकारी धरपकडसहित जेल जीवनको फेरि सुरुवात हुनसक्ने जोखिमसहित वातावरण जोगाउ अभियानमा सरिक यी युवाको सत्कर्म संसारका लागि सधैँ प्रेरणाको श्रोत बन्न सक्ने छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ३६ बजे

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ: विमलेन्द्र निधी

जनकपुर– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर

गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क

काठमाडौं– गुल्मीको मदाने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले मदाने गाउँपालिकाका स्थानीयलाई

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको