जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लगाउनु पर्छ : वर्षमान पुन | Khabarhub Khabarhub

जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लगाउनु पर्छ : वर्षमान पुन


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुनले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन्।

उनले समितिले छिटै अध्ययन र अनुसन्धानका काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए। ३ महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाअभियोग अघि बढाइएको बताए।

‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाअभियोग प्रक्रियामा गइसकेको छ। समिति पनि पहिले नै गठन भइसकेको छ। समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरू जुन उसको जिम्मेवारी हुन्, त्यो छिटै पूरा गरेर सिफारिश गर्छ भन्ने हाम्रो अपेक्षा छ‚’ उनले भने, ‘यो कुरा अहिलेकै संसदले टुंगो लगाउनु पर्छ। जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ। ३ महिना भनेको अधिकतम समय हो। यसलाई टुंगोमा पुर्‍याउने गरेरै ल्याएको हो।’

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५१ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार