मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो ।

उनीहरूले बाराको महागढीमाई नगरपालिका १ स्थीत बरियारपुरबाट गत १९ बिहिबारबाट २ वटा मोटरसाईकल चारी गरी भाग्ने क्रममा प्रहरीले पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षीय बिशाल कुमार सहनी र सोही स्थानका २० वर्षीय भोला पटेललाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकालाई बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा उनीहरूको वयानका आधारमा मोटरसाइकल चोरीमा संलगन थप चारजना मानिस सहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकल समेत वरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका ७ का २१ वर्षीय बिशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न