साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

 साँझ ५ बजेसम्मका मुख्य १० समाचार


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।  साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १. नेकपा एमालेद्वारा प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता  

नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आज निर्वाचन  आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताएका छन् । ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँकतै तालमेल हुनसक्ने जिकिर गरे । निर्वाचनमा दलहरूका आफ्ना बिचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भएपनि अहिलेको देखिएको गठबन्धनको प्रवृति लोकतन्त्रका लागि दीर्घकालीन रुपमा स्वस्थकर नरहेको उनले बताए ।

ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखे ।

एमाले अझै बलियो रहेको जिकिर गर्दै उनले कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने भन्दै गठबन्धन सामर्थ्यको प्रतीक नभएको र बलियोलाई वैशाखीको आवश्यकता नपर्ने उनले बताए । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

२ . सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत हृदयेश त्रिपाठी

सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताए । आफूहरूलाई बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरूको माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले बताए त्यस्तै सांसद नीरादेवी जैरुले दलित समुदायका व्यक्तिलाई हेपेर नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुनपर्ने माग गरिन् ।

उनले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

३ .  गठबन्धनबीच समान ढंगले सिट बाँडफाँड हुनुपर्नेमा नेता खनालको जोड

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् ।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासुहरूका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि  आज बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन्  ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको उनको भनाई छ । त्यस्तै खनालले वाम एकताको लागि सबैभन्दा ठूलो  दल नै उदासिन रहेको अहिले नै वृहत बाम एकताको सम्भावना नरहेको धारणा राखे ।

त्यस्तै उनले  नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहेपनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको  बताए ।

४. माओवादी अध्यक्ष दाहाल र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ । अध्यक्ष  दाहाल र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको हो ।

भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्ने स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको  बताइएको छ ।

५ . नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काइने 

काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले  हिजो सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) आफैँ  आज अस्पताल पुगेका थिए । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले  आज  पत्रकार सम्मेलन गर्दै आफूहरूले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरेका थिए  ।

आफ्नो अस्पतालमा  अहिले सयौँ बिरामीहरू क्रिटिकल अवस्थामा रहेको भन्दै तत्काल भत्काउन नसक्ने  अवस्था नरहेको पनि  उनले  बताएका थिए ।

 ६. थप १०९० जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।

७ . नेप्से परिसूचक ४३ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत्पादन ७०.३७, अन्य ५८.७२, लघुवित्त १२५.६२, जीवन बीमा १२२.५१, सामूहिक लगानी कोष ०.१४ र लगानी १.३३ अङ्कले घटेका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार ५५० बराबर रहेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

८ . खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरिएको छ ।  

९ . वरिष्ठ लडाकु कमान्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु 

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा र एक वरिष्ठ लडाकु कमान्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको  छ ।  इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार ४० नागरिक  घाइते भएका छन । आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित  विज्ञप्तिमा जनाइएको छ । 

१० . सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित 

म्यानचेस्टर युनाईटेडका पूर्व गोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् । अर्जेन्टिनी गोलकिपर रोमेरोलाई बोका जुनियर्सले फ्री ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध गरेको हो ।३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए । भनेजियाका लागि उनले १६ खेल खेलेका थिए ।

उनी २०२१ मा युनाईटेडबाट इटाली आएका थिए । अर्जेन्टिनाका लागि उनले ९६ खेल खेलेका छन् । 

 

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : १९ बजे

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ