दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. असमानजनक ढंगले तलब वृद्धि गरेको भन्दै नासुहरुको असन्तुष्टि

अर्थ मन्त्रालयले असमानजनक ढंगले तलब वृद्धि गरेको भन्दै असन्तुष्ट रहेका नायब सुब्बाहरूले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् ।

उनीहरूले नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् । उनीहरूले पठाएको एसएमएसमा मन्त्रीलाई सम्बोधन गर्दै हेपिएको नासु भएको, नयाँ तलबमानको हल्ला चलेपछि कर्मचारीको ड्रेस लगाउन र कार्यालय जान मन नलागेको उल्लेख गरेका छन् ।

२. विचार नमिल्ने दलसँग तालमेल हुँदैन- नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नहुने बताएका छन् ।

पाँचथरको फिदिममा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग छलफल नभएको बताउँदै गठबन्धन सरकार महँगी नियन्त्रण र  नागरिक उत्तरदायित्व पुरा गर्न अक्षम भएको आरोप पनि लगाए ।

३. संघीय संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य

सरकारले सन २०३० सम्ममा संघीय संसद्मा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ ।

प्रतिनिधि सभामा  आजको बैठकमा सांसद बिन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय सांसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो बताइन् ।

४. फोहोर बोकेका गाडीमा तोडफोड

काठमाडौंको फोहोर बोकेका गाडीमा नचिनेका समूहले तोडफोड गरेका छन । सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा नचिनेका समूहले टिपर र डोजर तोडफोड गरेको बताईएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको जानकारी दिए । 

५. नर्भिक अस्पतालको भवन भत्काउन नसकिने 

काठमाडौँको थापाथलिस्थित रहेको नर्भिक अस्पतालले सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ  । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले  आज पत्रकार सम्मेलन गर्दै आफूहरूले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरेका हुन् ।

तत्कालीन सरकारको तर्फबाट भूमि सुधार अधिकारीले हस्ताक्षर गरेको उनले बताए ।

६. सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको जनाएको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।

सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख रहेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए ।  

७. सुन तथा हिराको गरगहना चोरी 

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमासुन तथा हिराको गरगहना चोरी भएको छ । मच्छेगाउँको चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट आज बिहान गरगहना र नगद चोरी भएको हो ।

अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर दराजभित्र रहेको नगद १ लाख ५० हजार रुपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।  

८. नेपालमा छेपारोको नयाँ प्रजाति फेला पर्‍यो

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।

यसको नाम ‘सिक्किम छेपारो’ राखिएको छ ।

९. सयोलमा बाढीका कारण ८ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा भारी वर्षापछि आएको बाढीका कारण ८ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।  गएराति देखि आएको भारी वर्षाले  सियोल सहित  अन्य प्रान्तहरू पनि जलमग्न भएका छन् ।  वर्षाका कारण  सियोलका १६३  परिवार विस्थापित भएका छन् । वर्षाका कारण त्यहाँको मौसम विभागका अनुसार केही प्रान्तहरूमा  ८० वर्ष यताकै  भारी वर्षा भइरहेको जनाएको छ ।

१०. एभर्टनका डिफेन्डर बेन गोडफ्रे तीन महिना मैदान बाहिर रहने

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका डिफेन्डर बेन गोडफ्रे तीन महिना मैदान बाहिर रहने भएका छन् । खुट्टाको चोटको कारण उनी तीन महिना मैदान बाहिर रहने भएका हुन् ।

प्रिमियर लिग अन्तर्गत चेल्सीविरुद्धको खेलमा उनले चोट बोकेका थिए । सो खेलमा चेल्सी १-० ले विजयी भएको थियो । उनको चोटको  हिजो  शल्यक्रिया भएको थियो । सफल शल्यक्रियापछि उनी चोट मुक्त हुन रिहाबमा बसेका छन् ।   


प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : ३८ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा