पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’ | Khabarhub Khabarhub

पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ ।

कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो ।

बतास समूहको होटल आनन्दलाई चैतमा नै सम्झौता रद्द गर्न भनिएको हो । तर, यो निर्णयपछि बतास समूह काठमाडौँ जिल्ला अदालत पुगेको थियो ।

यसअघि वि.सं. २०७६ जेठ १ गते करार सम्झौता गरेर कोषले धर्मशाला भाडामा दिने निर्णय गरेको थियो । उक्त करार सम्झौता उल्लङ्घन भएको भन्दै वि.सं. २०७८ चैत्र १४ मा रद्द गरिएको थियो । त्यसपछि बतास समूह अदालत पुगेको थियो ।

अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : ३७ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो