थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा तीन हजार दुई जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६९३ जनाले पीसीआर र एक हजार ३०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८०६ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १८९ र संस्थागत आइसोलेशनमा एक जना सङ्क्रमित रहेका छन् । 

हाल देशभर २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, बाँके, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ५०, ललितपुरमा ११ र भक्तपुरमा चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३७ बजे

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन