रुसद्वारा १५ विदेशी संस्था बन्द | Khabarhub Khabarhub

रुसद्वारा १५ विदेशी संस्था बन्द


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले त्यहाँ कार्यरत १५ विदेशी संस्थाका कार्यालय बन्द गरिदिएको छ ।

रुसको राजधानी मस्कोबाट प्रकाशित हुने मस्को टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार रुसले ह्युमन राइट्स वाच, एम्नेष्टी इन्टरनेशनल, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिस, फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रिडम, फ्रेडरिक एबर्ट फाउन्डेसन, आगा खान फाउन्डेसन, स्पोल्नोटा पोल्स्का एसोसिएसन लगायत १५ अन्तर्राष्ट्रिय संस्थाहरूको स्थानीय कार्यालयहरू बन्द गरेको हो ।

रुसमा ती संस्थाको दर्ता समेत खारेज गरेको बताइएको छ । रुसी न्याय मन्त्रालयले ‘रुसी महासंघमा कायम ऐन अनुसार’ ती संस्थाहरु बन्द गरिएको जनाएको छ ।

रुसमा बन्द गरिएका अन्तर्राष्ट्रिय संस्थाहरूमा ९ जर्मन, तीन अमेरिकी र बेलायत, पोल्याण्ड र स्विट्जरल्याण्डका एक एक संस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन