पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने | Khabarhub Khabarhub

पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताए ।

अहिले नगरपालिकाको प्रायः सबै वडाहरुमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरुमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको उनको भनाइ छ । सोमबार वडा नं २ निबुगाउँमा गएको पहिराको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताए।

अवलकोनकै लागि पुगेकी उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताईन् । उनले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्नसमेत आग्रह गरिन् ।

उपप्रमुख प्रधानले स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिए । अवलोकनमा वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले पीडितहरुको माग र तत्कालीन समस्याका बारेमा प्रमुख र उपप्रमुखलाई जानकारी गराएका थिए ।

साउन २० गते बेलुका गएको पहिराले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरु छिमेकीमा आश्रय लिएर बस्न परेको स्थानीय रामचन्द्र दुलालले बताए । अवलोकनपछि काउले भोटेचौर सडक खुलाउनका लागि काम सुरु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ४२ बजे

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको