सानीमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला  | Khabarhub Khabarhub

सानीमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरूमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

त्यसैअनुरूप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ को लागि २/२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बैंकले उच्च माध्यमिक तह अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । उक्त छात्रवृत्तिअन्र्तगत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद वृत्ति २००० प्रति मैना गरी प्रत्येक विद्यार्थीलाई ५०,००० सम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने जनाइएको छ ।

यो छात्रवृत्ति बैंकले काठमाडौँ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई उच्च माध्यमिक तह अध्ययनको लागि दिँदै आएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन