संविधान जोगाउने प्रमुख दायित्व कांग्रेसको हो : नेता सिंह | Khabarhub Khabarhub

संविधान जोगाउने प्रमुख दायित्व कांग्रेसको हो : नेता सिंह


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।” कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ छ।

नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए ।

नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।

नेता सिंहले स्थानीय तहको निर्वाचनको प्रभाव प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत पर्ने भएकाले स्थानीय तहलाई नै बलियो बनाउने गरी कांग्रेस लाग्नुपर्ने बताए । उनले केन्द्रीकृत शासन प्रणाली विस्तारै स्थानीय तहमार्फत गाउँगाउँमा पुगेको भन्दै गाउँको समस्या बुझ्ने खालको जनप्रतिनिधिलाई छान्न मतदातालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले