निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक | Khabarhub Khabarhub

निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।

आज जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

साथै दक्षिण बङ्गालको खाडीमा चक्रवात ‘असानी’ विकसित भएको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बङ्गालको खाडीमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ । सो कारणले आसन्न स्थानीय निर्वाचनमा देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ३६ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको