'काठमाडौंबासीले मलाई भोट दिने कुरामा ढुक्क छु' | Khabarhub Khabarhub

‘काठमाडौंबासीले मलाई भोट दिने कुरामा ढुक्क छु’



वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलबीच तालमेल र गठबन्धन गर्दै चुनावमा प्रचारप्रसारमा लागिरहेका छन्। कलाकारिता क्षेत्रमा ख्याति पाएका मदनदास श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका छन। कलाकारिताबाट राजनीतिक क्षेत्रमा आएका श्रेष्ठको चुनावी अभियान र निर्वाचनको तयारी र काठमाडौं महानगर बनाउने योजनाको विषयमा खबरहबका लागि लक्ष्मण फुयालले गनेको कुराकानीको सम्पादित अंशः

कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको किन ?
कलाकारिता मेरो पेसा हो। कलाकारिताबाट रेडियो नाटक, रङ्गमञ्च नाटक, चलचित्रलगायत रेडियोको पनि विभिन्न विधाको कार्यक्रम गर्दै आएको थिएँ। कृषिको जेटिए र बूढी आमाको कार्यक्रम मैले धेरै वर्ष चलाएँ। त्यसबाट धेरै ख्याति कमाएँ। चलचित्रमा पनि प्रवेश गरेँ। चलचित्रमा प्रवेश गरेपछि आम नागरिकले मदन दासलाई चिन्यो। दर्शकले कलाकारिता रुपमा स्थापित गरिदिए। कलाकारिताबाट जति ख्याति पाएँ त्यो ख्याति दिने मेरा दर्शक भगवान हुन्। उहाँहरूकै कारणबाट मैले ख्याति पाएँ। ख्याति पाएसँगै म विस्तारै विस्तारै सामाजिक क्रियाकलापमा लागि परेँ। कलाकारिताबाट ख्याति पाएको कुरालाई मैलै सामाजिक सेवामा रूपान्तरण गर्न सजिलो भयो। मलाई जहाँ पनि चिन्ने भए। मदन दासजी आउनुभयो भन्दै जन प्रतिनिधिले टोल, समाजको हरेक काममा मलाई अगाडि सारे। म उभिएपाछि ढल, पानी बाटो लगायतको व्यवस्थापन अन्य काम सजिलै गर्दिनुभएको थियो। सामाजिक कार्यकर्ताको रुपमा विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व लिएर धेरै काम गरेको छु। मेरो जन्मथलो दोलखा हो। दोलखामा पनि धेरै सामाजिक कार्य गरेको छु।

देशको अखण्डता, देशको राष्ट्रियतामा पनि असर पर्ने कुरा भइराखेका छन्। राजनीति पनि सामाजिक सेवा नै हो। यहाँका मानिसले राजनीतिलाई पेसाको रुपमा अपनाए। राजनीति पेसा होइन, राजनीति सेवा हो। यसमा होमिएर सेवा गर्न पाए हुन्थ्यो भन्ने हिसाबले म धेरै वर्ष देखि सोचिरहेको थिएँ।

सामाजिक सेवा गर्दागर्दा अलिकति चासो राजनीतिमा भयो। राजनीति चेतना नभएको कुनै मान्छे नहोला। मलाई पनि राजनीतिक चेतना थियो। देशले भोगिरहेको राजनीतिक अवस्था सबैलाई थाहा छ। देशमा केही व्यवस्थित छैन। लथालिङ्ग छ। गणतन्त्रको नाममा विभिन्न मानिसले खेल खेले। खेल खेलेर देशको अखण्डता, देशको राष्ट्रियतामा पनि असर पर्ने कुरा भइराखेका छन्। राजनीति पनि सामाजिक सेवा नै हो। यहाँका मानिसले राजनीतिलाई पेसाको रुपमा अपनाए। राजनीति पेसा होइन, राजनीति सेवा हो। यसमा होमिएर सेवा गर्न पाए हुन्थ्यो भन्ने हिसाबले म धेरै वर्ष देखि सोचिरहेको थिएँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वमा राजेन्द्र लिङदेन आएपछि पार्टीमा केही उत्साह थपियो। राप्रपाको राष्ट्र, राष्ट्रियता, सनातन हिन्दु धर्म, राजसंस्थाको मुद्दा बोकेको छ। राष्ट्रिय अखण्डताको एउटा मुद्दा महत्वपूर्ण छ। नेपाल र आम नेपालीलाई राष्ट्रिय भावना र राष्ट्र भक्तिमा परिणत गराउने जुन उद्देश्य मलाई ज्यादै मन पर्यो। त्यसपछि म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएँ। सधैभरी अवसर मिल्दैन यसपटक काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएको छु।

काठमाडौं महानगरकाको मेयर पदमै उम्मेद्वारी किन दिनुभयो ?
काठमाडौं महानगरपालिका भित्र रहेका जनताले असाध्यै महंगो कर तिरिरहेका छन्। महानगरमा बसेको जनताले सरकारलाई बुझाउनुपर्ने कर तथा राजस्व चर्को बनेको छ। तर, उनीहरुले पाउने सुखसुविधा छैनन्। उनीहरुलाई हरेक किसिबाट निचोर्ने कामबाहेक केही पनि भएको छैन। सामान्य व्यक्तिले बिहान बेलुकाको गाँस, बास जुटाउन पनि मुस्किल छ। कमसेकम दायित्व के हुनुपर्छ भने काठमाडौं महानगरपालिका भित्र बसेका आमनगरिकलाई गाँस, बास र कपासको व्यवस्था मिलाउनुपर्ने हो। सामान्य फोहोरमैला, सडक, ट्राफिक व्यवस्थापन प्रदूषण, लगायतका कुरामा समस्या छ। हराभरा काठमाडौं भनेर नारा लगाएर मात्र हुँदैन। जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्छ। त्यो काम तपाईले देखिरहनु भएकै छ। बिगत करीब तीन दशक भइसकेको छ।

सामान्य फोहोरमैला, सडक, ट्राफिक व्यवस्थापन प्रदूषण, लगायतका कुरामा समस्या छ। हराभरा काठमाडौं भनेर नारा लगाएर मात्र हुँदैन। जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्छ।

आम नेपालीले कुरिरहेको हामीले हेरिरहेको परिवर्तन कहिले आउँछ ? हामीले सुखको सास कहिले फेर्ने ? यो गम्भीर प्रश्न छ। तर, कही कैतबाट यसको आभास भेट्न सक्दैनौँ। अब यसरी हुँदैन, देशको स्थिति जरजर भैसक्यो। देशको अवस्था नाजुक भइसकेको छ। यहाँका नागरिक निशासिएका छन्। म एक जनाले प्रयास गर्दा त केही न केही होलानी भन्ने हिसाबले उम्मेद्वारी दिएँ। यी सबै हुनुको कारण देशमा भ्रष्टाचार संस्थागत रुपमा मौलाएको छ। भ्रष्टाचार मात्रै रोक्न सक्यौं भने केही न केही राहत पाउन सक्छौँ। तर, भ्रष्टाचार रोक्नका निम्ति इमान्दार, असल र देशभक्त मान्छे आउनुपर्छ। आएर मात्र भएन, ती मानिसले देशको सत्ता समाल्नु पर्यो। अब जनताले विकल्प खोजेका छन्। त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हो।

घरदैलो कार्यक्रम र चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
घरदैलो कार्यक्रम भइरहेको छ। चुनाव प्रचार प्रसारको पहिलाको जस्तो तडकभडक छैन। फजुल खर्च गर्ने नपाइने नीति नियम राम्रै छ। यो नियमले राम्रै गरेको छ। सञ्चार माध्यमबाट घरदैलो कार्यक्रमबाट आम महानगरपालिकाको विश्वास जितेर उनीहरुले चाहेको सामान्य माग आवश्यकता पुरा गर्दिने हिसाबले हामी अगाडि बढेका छौं। हामी ठूलाठूला सपना देखाउर्दैनौं। ठूलाठूला कल्पनामा पौडी खेल्न लगाउदैनौँ। जति पहिला भयो अब आम जनताले थाहा पाइसकेका छन्। मलाई विश्वास छ हाम्रो महानगरपालिकाका जनता अब स्वच्छ, निष्पक्ष र निष्चल ढंगले शासन गर्नसक्ने एउटा इमान्दार मान्छे खोजिरहेका छन्। हाम्रो पार्टी भित्र इमान्दार स्वच्छ व्यक्ति धेरै छन्। मलाई काठमाडौं महानगरपालिकाका आम नागरिकले देखेका छन्। चिनेका छन्। धेरैले मलाई हेरेका छन्। पढेका र सुनेका छन्। काठमाडौं महानगरपालिका बनाउने मेरो अभियानमा सबैले साथ दिनेछन्।

मलाई काठमाडौं महानगरपालिकाका आम नागरिकले देखेका छन्। चिनेका छन्। धेरैले मलाई हेरेका छन्। पढेका र सुनेका छन्। काठमाडौं महानगरपालिका बनाउने मेरो अभियानमा सबैले साथ दिनेछन्।

काठमाडौं महानगरको सम्रग विकास गर्ने एजेन्डा के कस्ता छन् ?
मैले कार्यान्वयन हुन नसक्ने योजना बनाएकै छैन। समान्य आवश्यकता पूरा गर्न नसक्नेले ठूला योजना बनाएर कामै छैन। नेतृत्व इमान्दार भएर लाग्ने हो भने काठमाडौं बनाउन सकिन्छ। सडकलाई कसरी व्यवस्थित गर्ने ? ट्राफिकको एकदमै समस्या छ। बिहान ९ बजे निष्कनुभयो भने आधा घण्टामा पुग्ने ठाउँमा पुग्न दुई घण्टा लाग्छ। त्यसलाई सुधार्न र व्यवस्थित गर्ने योजना छन्। फ्लाइ ओभर निर्माण गर्न सकिन्छ। चोकचोकमा फ्लाइओभर भए मात्र पनि ट्राफिक समस्या धेरै समाधान हुन्छ।

मैले कार्यान्वयन हुन नसक्ने योजना बनाएकै छैन। समान्य आवश्यकता पूरा गर्न नसक्नेले ठूला योजना बनाएर कामै छैन। नेतृत्व इमान्दार भएर लाग्ने हो भने काठमाडौं बनाउन सकिन्छ।

सवारी साधनलाई टाइम टेवल मिलाएर व्यवस्थापन गर्न सकिन्छ। जस्तो पहिलो प्राथमिकता स्कुल, ठूला यातायात त्यसपछि मझौला सवारी साधनलाई सडक प्रवेशको अनुमति दिन सकिन्छ। प्रदूषण धेरै छ काठमाडौंमा। धुलो मैलाको कुरा नगरौँ। सडक व्यवस्थित नहुँदा हिँडडुल गर्न समस्या छ। सडकलाई व्यवस्थित गर्ने सम्बन्धित सबै निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। यहाँ सडक विभागले पिच गर्दै जान्छ, तीन महिनापछि अर्कोले खन्दै जान्छ। लथालिङ सडक खन्ने र पुर्ने काम भइरहन्छन्। यसमा राष्ट्रिय धन अनावश्यक खर्च भइरहेको छ। त्यो समन्वय नभएकाले हो। काठमाडौं महानगरपालिकाको सडक बनाउनुपर्यो भने यसलाई समन्वय गरेर काम गर्नुपर्छ। हामीले त्यो व्यवस्थापन गर्ने योजना बनाएका छौँ।

शिक्षा स्वास्थ्य रोजगारीको विषयमा योजना कस्ता बनाउनुभएको छ ?
काठमाडौं महानगरपालिका बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारी चाहन्छन्। त्यसका लागि उद्योगको स्थापनातर्फ लाग्नुपर्छ। रोजगारी र शिक्षाको सुनिस्चितता महानगरले गर्नुपर्छ। महानगरपालिकाका बासिन्दालाई सबै सुविधा दिनसक्नुपर्छ। काठमाडौं महानगरपालिकाका जनतालाई करको दायरामा ल्याउनुपर्छ। करको दायरा बढाउनु पर्ने ठाउँमा बढाउनुपर्छ। दोहोरो करको प्रणाली छ भने त्यसलाई व्यवस्थापन गरेर नागरीकका समस्या समाधान गर्ने योजना छन्।

करको दायरा बढाउनु पर्ने ठाउँमा बढाउनुपर्छ। दोहोरो करको प्रणाली छ भने त्यसलाई व्यवस्थापन गरेर नागरीकका समस्या समाधान गर्ने योजना छन्।

चुनावी प्रतिक्रिया, गठबन्धनको असरलाई कसरी हेर्नुभएको छ ?
गठबन्धन होला, के होला कसो होला, त्यसमा मेरो चासो छैन। हाम्रो राप्रपा सशक्त छ। हामीले करोडौंका नागरिकको समर्थन पाएका छौँ। त्यो समर्थनको आधारमा काठमाडौंमा मैले उम्मेद्वारी दिएको हुँ। मलाई जिताउन काठमाडौं महानगरपालिकाका आम जनताले सहयोग गर्छन्। उहाँहरुले आफ्नो तनमन धनले लगाएर जिताउनुहुन्छ। यसमा सबै ढुक्क छु।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : २० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले