फिलिपिन्सको गुलाबी क्रान्ति | Khabarhub Khabarhub

फिलिपिन्सको गुलाबी क्रान्ति


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९८६ मा फिलिपिन्सका तानाशाह फर्डिनान्ड मार्कोसको शासनको विरुद्धमा सडक नै पहेँलपुर भएको थियो। सडकको जनसागरले मार्कोसलाई सत्ता च्युत गरेको थियो। ३० वर्ष भन्दापछि तीनै मार्कोसका छोरा फिलिपिन्समा राष्ट्रपति पदमा उम्मेदवार भएका छन्। मार्कोस वंशको सत्तामा पुग्ने यात्रालाई रोक्नका लागि एक महिला अहिले तल्लीन भएर सक्रिय भएकी छिन्। यसैलाई ‘गुलाबी क्रान्ति’ को नाम दिइएको छ।

अहिले फिलिपिन्सका युवा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार लेनी रोब्रेडोको पक्षमा उभिन थालेका छन्। उनी त्यहाँको राष्ट्रपति पदका लागि एक्लो महिला उम्मेदवार पनि हुन्। चुनावी अभियानमा फर्डिनान्ड बगंबग मार्कोस जुनियर भन्दा रोब्रेडो पछि परे पनि उनले पर्प कन्सर्टसहित आयोजना गरेको समारोहमा १० औं हजारको उपस्थिति थियो।

चुनावी अभियानमा फर्डिनान्ड बगंबग मार्कोस जुनियर भन्दा रोब्रेडो पछि परे पनि उनले कन्सर्टसहित आयोजना गरेको समारोहमा १० औं हजारको उपस्थिति थियो।

कन्सर्टमा सहभागी एक १७ वर्षीय युवा आफ्नो मतदाता सूचीमा नाम नरहे पनि आमालाई सघाउनका लागि उद्यत रहेको बताउँछन्। सँगै भेटिएकी अर्की २४ वर्षीया महिला त रोब्रेडो निर्विकल्प भएको बताउँछिन्। ५७ वर्षीया रोब्रेडो अर्थशास्त्री तथा कानुन व्यवसायी हुन्। ९ मेमा हुने निर्वाचनमा मुख्य प्रत्याशी मार्कोस जुनियर उनको मुख्य प्रतिस्पर्धीको रूपमा उभिने छिन्। सन् २०१२ मा श्रीमानको विमान दुर्घटनामा निधन भएपछि रोब्रेडो राजनीतिमा प्रवेश गरेकी हुन्।

सन् २०१३ मा उनी कामाराइन सुरको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्न सफल भएकी थिइन्। आम मानिसको समस्यासँग साक्षात्कार गर्ने, गरिब बस्तीमा उपस्थित हुने र हरेक व्यक्तिको समस्यासँग सरोकार राख्ने उनको आदतका कारण रोब्रेडो दिन प्रतिदिन लोकप्रिय हुँदै छिन्।

९ मेमा हुने निर्वाचनमा मुख्य प्रत्याशी मार्कोस जुनियर उनको मुख्य प्रतिस्पर्धीको रूपमा उभिने छिन्। सन् २०१२ मा श्रीमानको विमान दुर्घटनामा निधन भएपछि रोब्रेडो राजनीतिमा प्रवेश गरेकी हुन्।

देशमा प्राकृतिक बिपत्ति आइलागेको समयमा उनले अतिरिक्त सहयोग र राहत सङ्कलन र वितरण गर्ने काम गरेकी छिन्। उपराष्ट्रपति भएकै समयमा उनले चिकित्सकलाई पीपीई उपलब्ध गराउने तथा टेस्टिङ किट उपलब्ध गराउने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। कोभिड-१९ को सामना गर्ने लगायत अनेकन् विषयमा असफल भएको भन्दै उनले राष्ट्रपति डुटरेटको आलोचना गरेकी थिइन्।

‘त्यहाँ गर्नु पर्ने धेरै कुरा थिए। थुप्रै कुरा सम्झँदा पनि झोँक चल्छ। हामीले गत वर्षदेखि नै उठाएका विषयमा मतलब नहुनु साँच्चै निराशाजनक हो,’ सन् २०२१ को सेप्टेम्बरमै उनले सञ्चार माध्यम रेपलरमा बताएकी थिइन्।

धेरैले उनको राजनीतिक जीवनलाई पूर्व राष्ट्रपति कोराजन आक्वीनाको जिन्दगीसँग तुलना गर्छन्। अक्वीनो पनि सिनेटरसमेत रहेका श्रीमान् तथा प्रजातन्त्रका ‘आइकन’ बेनीग्नो नीनो अक्वीरो जुनियरको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन्। उनकै निधनका कारण उठेको विद्रोह फर्नान्डो मार्कोसको सत्ता ढल्नुको प्रमुख कारण बनेको थियो।
त्यस समयमा विरोध प्रदर्शनमा उत्रेकी रोब्रेडोले पहेँलो पोसाक लगाउने गरेकी थिइन्। यो रङलाई जनताको शक्ति प्रदर्शनको सुचक मानिएको थियो। सन् २०१६ मा मार्कोस जुनियरलाई नै हराउँदै रोब्रेडो उपराष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। यो निर्णयको विरुद्धमा मार्कोस अदालत गए पनि सर्वोच्चले त्यस मुद्दालाई खारेज गरेको थियो।

धेरैले उनको राजनीतिक जीवनलाई पूर्व राष्ट्रपति कोराजन आक्वीनाको जिन्दगीसँग तुलना गर्छन्। अक्वीनो पनि सिनेटरसमेत रहेका श्रीमान् तथा प्रजातन्त्रका ‘आइकन’ बेनीग्नो नीनो अक्वीरो जुनियरको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन्।

यस पटक रोब्रेडो एक पटक फिलिपिन्स राजनीतिमा प्रभाव राखेका दुई परिवारको विरासतको विरुद्धमा एकै पटक मैदानमा उत्रिएकी छिन्। एकातर्फ मार्कोस जुनियर छन् भने अर्को तर्फ वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटरेट पनि निर्वाचनमा उम्मेदवार छिन्।

उनी लामो समय आफूले नेतृत्व गरेको लिबरल पार्टी नभई स्वतन्त्र उम्मेदवार भएकी छिन्। गत अक्टोबरमा उम्मेदवारी घोषण गरे यता उनले पहेँलो रङ्ग छाडेर गुलाबी रङ्गको प्रयोग गर्न थालेकी छिन्। अहिले फिलिपिन्समा ‘गुलाबी क्रान्ति’को नारा घन्किएको छ।

देशका धेरै कलाकार र सेलीब्रटी त्यही रङका कपडा लगाएर हिँड्न थालेका छन्। डुटरेटको कार्यकालमा उनको धेरै कुरामा असहमति थियो। फिलिपिन्समा लागू औषधका कारण धेरै जनाको ज्यान जाने गरेको छ। रोब्रेडोले यसको विरुद्धमा अभियान नै चलाउनु पर्ने आवाज उठाएकी छिन्। लागू पदार्थ नियन्त्रणको नाममा हजारौँ निर्दोषको ज्यान गएको छ। उनले यसको छानबिनको आवाज उठाएकी छिन्।

रोब्रेडो एक पटक फिलिपिन्स राजनीतिमा प्रभाव राखेका दुई परिवारको विरासतको विरुद्धमा एकै पटक मैदानमा उत्रिएकी छिन्। एकातर्फ मार्कोस जुनियर छन् भने अर्को तर्फ वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटरेट पनि निर्वाचनमा उम्मेदवार छिन्।

यस विषयमा आवाज उठाएकै कारण उनलाई जिम्मेवारी विमुख पनि बनाइएको थियो। उनले आफू राष्ट्रपति भएमा सुशासनलाई जोड दिने र कोभिडले थला परेको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता जनाएकी छिन्।

‘मैले ६ वर्षमा उपराष्ट्रपतिको रूपमा देखेको जस्तो सरकार फिलीपीनी जनताको लागि स्वीकार्य हुनु हुँदैन। त्यो सरकार सीमान्तकृतको होस्। त्यो सरकारमा कोही पनि पछाडि पर्न नपरोस्। त्यहाँ जनताका सेवक भ्रष्ट हुँदैनन्,’ आफ्नो योजनाका बारे उनले बताइन्। उनी आर्थिक पारदर्शीताको मुद्दा उठाइरहेकै समयमा उनका प्रतिद्वन्द्वी ६४ वर्षीय मार्कोसमाथि भने कर छलीको आरोप लाग्न थालेको छ। बाबुको कार्यकाल देखिको कर उनले तिर्न बाँकी नै छ। शक्तिमा रहँदा नागरिक फन्डबाट १० अर्ब हडपेको आरोप उनलाई लागेको छ। उनको कार्यकालमा हजारौँलाई यातना दिनुका साथै जेल चलान गरिएको छ।

अहिले ‘गुलाबी क्रान्ति’को रूपमा उनलाई साथ दिनुले फिलिपिन्सलाई पारिवारिक राजनीतिबाट बाहिर निकाल्दै मूल्य र मान्यतामा चल्ने देशको रुपमा स्थापित गर्ने लक्ष्य राखेका छन्। उनको अभियानमा सरिक युवाका लागि फिलिपिन्समा फैलाइएको गलत सूचना र अफवाहको पनि सामना गर्नु परेको छ। अहिले सञ्चार माध्यम र टिकटकमा मर्कोसको युगलाई स्वर्णिम युग भन्दै उनका बाबुको कार्यकालको कुनै छाया नरहेको प्रचार गरिएको छ। यसैगरी रोब्रेडोको यौन जीवनमा थुप्रै कमजोरी रहेको भन्दै हल्ला चलाइएको छ। रोब्रेडोले यसलाई अस्वीकार गरेकी छिन्। यसका बाबजुद उनका समर्थक अलिकति पनि विचलित भएका छैनन्।

६४ वर्षीय मार्कोसमाथि भने कर छलीको आरोप लाग्न थालेको छ। बाबुको कार्यकाल देखिको कर उनले तिर्न बाँकी नै छ। शक्तिमा रहँदा नागरिक फन्डबाट १० अर्ब हडपेको आरोप उनलाई लागेको छ।

रोब्रेडोको घरदैलो कार्यक्रममा सहभागी ३२ वर्षीय कारा गोन्जालेज वर्षौँदेखि फिलिपिन्स बासीले भोग्दै आएको समस्या समाधानका लागि सङ्घर्ष गर्दा रमाइलो लागेको बताउँछन्। उनी आफ्नो देशको सुरक्षित भविष्यका लागि यी सबै आवश्यक रहेको बताउँछिन्। उनका आलोचकहरूले रोब्रेडोले फिलिपिन्सको कुलीन वर्गको प्रतिनिधित्व गर्ने बताउँछन्। स्पेन र अमेरिकाको पूर्व पराधीन देश फिलिपिन्सको सत्ताको विदेशी शक्तिसँग राम्रो सम्बन्ध छ। त्यसैबाट उनीहरूले लाभ लिइरहेका छन्।

त्यस आरोप लगाइए जस्तै यस भन्दा अगाडि उनले प्रतिनिधित्व गरेको लिबर पार्टीमा अभिजात वर्गकै प्रतिनिधित्व थियो। अहिले उनले सो खल दल त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

दलबाट उम्मेदवार नभएपछि उनी गुलाबी रङ्ग रोज्नुलाई धेरै समीक्षकले भावनात्मक विषयसँग जोड्न थालेका छन्। उनको अभियानमा धेरै महिला छन्। उनले आफ्ना स्वयं सेवीको इच्छा अनुसार यो रङ्ग छनोट गरेको बताएकी छिन्।

गुलाबी रङ्ग अभियन्ताको रङ्ग पनि हो। अहिले फिलिपिन्सको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ। यो निर्वाचनले धेरै अर्थ राख्छ। फिलिपिन्स पारिवारिक विरासतमा यथावत रहने हो या त्यस विरासतबाट बाहिर आउने भन्ने कुराको एउटा महत्त्वपूर्ण निर्णय यसै निर्वाचनले तय गर्नेछ।

दलबाट उम्मेदवार नभएपछि उनी गुलाबी रङ्ग रोज्नुलाई धेरै समीक्षकले भावनात्मक विषयसँग जोड्न थालेका छन्। उनको अभियानमा धेरै महिला छन्। उनले आफ्ना स्वयं सेवीको इच्छा अनुसार यो रङ्ग छनोट गरेको बताएकी छिन्।

उनका समर्थक पहिलो पटक फिलिपिन्स गरिब जनताका लागि काम गर्ने सरकार बन्ने दाबी गर्न थालेका छन्। २१ वर्षीया अभियन्ता पिपाले विगतमा कम अपराधी छनोट गर्ने प्रावधान भए पनि यस पटक त्यसबाट छुटकारा पाउँदै योग्य उम्मेदवार छनोट गर्ने अवसर भएको कुरा आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन्। उनको फेसबुक पेजमा २५ लाख फलोअर छन्।

संसारमा एउटा निर्वाचनमा धेरै जना राष्ट्रपति पदको उम्मेदवार भएको यो सायदै पहिलो पटक हो। मुक्केबाज मेनी पाक्यु, राष्ट्रपतिका प्रवक्ता एमेस्टो अबेलालगायत १० जना राष्ट्रपति पदका लागि उम्मेदवार छन्। फिलिपिन्समा दल त्यागेर स्वतन्त्र उम्मेदवार भएर वंशगत राजनीतिको अन्त्य गर्ने अठोट गरेकी रोब्रेडो नेपाल जस्ता तेस्रो देशका लागि त अझ बढी प्रेरणाको श्रोत बन्न सक्नेछिन्। स्रोतः बीबीसी

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ३६ बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन