पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्‍वारी दिने इमरान खानको घोषणा | Khabarhub Khabarhub

पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्‍वारी दिने इमरान खानको घोषणा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा सबै नौ वटा क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उक्त पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि पाकिस्तानमा रिक्त नौ वटा स्थानमा उपनिर्वाचन हुँदै छ ।

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको जनाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ४१ बजे

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न