नेपालको आतिथ्यता संसारभर फैलाउन जरुरी छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

नेपालको आतिथ्यता संसारभर फैलाउन जरुरी छ : मन्त्री श्रेष्ठ


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीका साथ योजना कार्यक्रम अघि बढाइने भएको छ ।

उक्त प्रयोजनका निम्ति शैक्षिक उन्नयन तथा प्राज्ञिक जनशक्ति विकासमा प्रतिष्ठित दुवै संस्थाले सहकार्यको समझदारी पत्रमा आज हस्ताक्षर गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेती र विश्वविद्यालयका प्राध्यापक देवी विडारीले सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा पर्यटन मन्त्री श्रेष्ठले पर्यटन उद्योगलाई समृद्ध बनाउन नेपालको मौलिक आतिथ्यता (हस्पिटालिटी) र पहिचानलाई संसारभर फैलाउन जरुरी भएको उल्लेख गरे। उनले नेपाललाई संसारका पर्यटकको आकर्षक गन्तव्य स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।

पर्यटन मन्त्री श्रेष्ठले सरकारले मुलुकको आर्थिक समृद्धिको तीनमध्ये पर्यटनलाई महत्त्वपूर्ण आधार मानेको भन्दै पर्यटन उद्योगको विकास गरी देशको अर्थतन्त्र बलियो बनाउन र विदेशी मुद्रा आर्जन गर्ने सरकारी नीतिअनुरूप बजेट तथा कार्यक्रम समावेश गरिएको बताए। मन्त्री श्रेष्ठले दुई संस्थाबीच सहकार्यको सम्झौताले नेपालको पर्यटनको हस्पिटालिटी सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको भन्दै उत्पादित जनशक्तिलाई संसारभर फैलने वातावरण बन्नु गौरवको विषय भएको बताए।

उनेल कोभिड–१९ महामारीपछि शिथिल बनेको पर्यटनको पुनरुत्थानका लागि ७३ बुँदै कार्यक्रम घोषणा गरिएको भन्दै समयसापेक्ष नीतिगत सुधार र विदेशी पर्यटन बढाउने रणनीतिक योजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गरे।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा भोला थापाले दुई संस्थाबीच सहकार्यको साझेदारीपत्रको हस्ताक्षरले नेपालको उच्च शिक्षामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। विश्वविद्यालयले विभिन्न सरकारी निकायसँग समन्वय र सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र दक्ष जनशक्ति उत्पादन गरिरहेको भन्दै उनले नेपालको मौलिक आतिथ्यता र सीपलाई संसारभर फैलाइनुपर्ने खाँचो औँल्याए ।

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धि सागर लामिछानेले अन्तर्राष्ट्रिय गुणस्तरयुक्त जनशक्ति उत्पादन गर्ने दुवै संस्थाको सहकार्यले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा पैदा भएको बताए। उनले प्रतिष्ठानको सातै प्रदेशमा विस्तार भएको संरचना र उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गर्दै सेवा क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए।

प्रतिष्ठानका कार्यकारी निर्देशक उप्रेतीले प्रतिष्ठानले रणनीतिक योजनाअनुसार साधन स्रोतलाई अधिकतम उपयोग गरी उच्चस्तरीय शैक्षिक कार्यक्रम विस्तार गर्दै लैजाने उद्देश्यबाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई होटेल व्यवस्थापनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए।

काठमाडौँ विश्वविद्यालयका रजिस्टार सुबोध शर्माले १० वर्षे सम्झौताअनुरूप होटेल व्यवस्थापन र पर्यटनका विभिन्न विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

सम्झौतामा के छ ?

होटेल व्यवस्थापन र ट्राभल टुरिज्ममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने धेयका साथ दुई संस्थाबीच साझेदारी गरिएको हो । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक जनशक्तिको उत्पादनका लागि सहकार्य गर्न काठमाडौँ विश्वविद्यालय (पहिलो पक्ष) र प्रतिष्ठान (दोस्रो पक्ष) ले समझदारी पत्रमा हस्ताक्षर गरिएको समझदारी पत्रमा उल्लेख छ ।

प्रतिष्ठानको प्रदेशमा विस्तारित संरचनामार्फत जनशक्ति उत्पादन गर्ने दुवैतर्फका विज्ञताको उपयोग गर्दै पर्यटन क्षेत्रलाई दक्ष र गुणस्तरीय जनशक्तिको सुनिश्चितता गरिने सम्झौतामा भनिएको छ । सम्झौताको उद्देश्यअनुरूप दुवै संस्थाले  काठमाडौँ उपत्यका बाहिर आतिथ्य व्यवस्थापनमा उच्च शिक्षाको अवसर विस्तार गर्न हाललाई बागमतीबाहेक तीन वटा प्रदेशमा तालिम तथा शैक्षिक कार्यक्रम तत्काल सुरु गरी क्रमशः अन्य तीन प्रदेशमा विस्तार गरिने जनाइएको छ ।

विश्वविद्यालयसँगको साझेदारीका माध्यमबाट आतिथ्य व्यवस्थापन विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने, सम्बन्धित विषयमा प्राज्ञिक कार्यक्रम र पर्यटन उद्योग व्यवसायबीच कार्यक्रम चलाइनेछ ।

ब्याच्लर अफ हस्पिटालिटी म्यानेजमेन्ट/ब्याच्लर अफ प्रोफेशनल हस्पिटालिटी म्यानेजमेन्ट सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रममा सहकार्य गरिने सम्झौतामा भनिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा प्रतिष्ठानको शाखा कार्यालय प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सुरु गरिएको छ । छिट्टै पोखरा, धनगढीमा पनि शाखा विस्तर गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०