नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग | Khabarhub Khabarhub

नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् ।

नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् ।

कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीब झाले परापूर्व कालदेखि नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको भन्दै यी दुई देशको सिमानामा तारबार लगाउन नहुने बताए ।

दुई देशका सरकारबीच मात्र नभई दुई देशका नागरिकबीच आर्थिक सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको बताउँदै अध्यक्ष झाले तारबार लगाउनु भन्दा सिमानालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए ।

‘सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक रहनसहन र रीतिरिवाज एक नासको रहेको छ,’ अध्यक्ष झाले भने, ‘यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै दुवै देशका नागरिकको भूमिका महत्त्वपूर्ण छ ।

नेपाल-भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा रहेको अध्यक्ष झाले बताए। कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ बीभा ठाकुरले नेपाल र भारतको रामायणकालदेखि वर्तमानसम्म अटुट सम्बन्ध रहेको बताइन् ।

दुई देशका जनताबीच सौहार्दपूर्ण सम्बन्धकै कारण समाजमा विवाह जस्तो पवित्र सम्बन्ध गासिने चलन पौराणिककालदेखि हुँदै आएको उल्लेख गर्दै नेतृ ठाकुरले भनिन्, ‘विवाहमा उपहार स्वरुप बनाउने समानहरुलाई सिमानामा सहज रुपमा ओहरदोहरको व्यवस्था हुनुपर्छ ।’

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : १५ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने