छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर, कास्की र सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापा रहेका छन् । दुर्घटनमा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग.१० प ७६६६ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अक्षय राज कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको खडक नगरपालिका–५ रंजितपुर खर्चुईया पुलमा ना.६ ख ६३९९ नम्बरको ट्रकले स.१० प ४६११ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सुरुङगा नगरपालिका–३ बस्ने ६७ वर्षीय राम नारायण चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : २४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले