अमेरिकाद्वारा ‘कोन्टी’ ह्याकरबारे सूचना दिनेलाई डेढ करोड डलर इनाम घोषणा | Khabarhub Khabarhub

अमेरिकाद्वारा ‘कोन्टी’ ह्याकरबारे सूचना दिनेलाई डेढ करोड डलर इनाम घोषणा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रुसी ह्याकिङ समूहबारे गोप्य सूचना दिनेलाई डेढ करोड इनाम घोषणा गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता नेड प्राइसले ‘कोन्टी’ भनिने रुसी साइबर आक्रमणकारीको समूहबारे गोप्य सूचना दिनेलाई १ करोड ५० लाख डलर इनाम घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस समूहका नाइकेको स्थानबारे जानकारी दिनेलाई १ करोडको इनाम राखिएको छ । त्यस्तै, यस समूहका सदस्यलाई पक्राउ गर्न सूचना दिनेलाई ५० लाख डलरको इनाम घोषणा गरिएको रोयटर्सले जनाएको छ ।

‘यो इनाम घोषणा गरेबाट फिरौती माग्न साइबर अपराधीहरूले गर्ने आक्रमणबाट विश्वभरका सम्भावित पीडितहरूलाई बचाउन अमेरिकाको प्रतिबद्धता स्पष्ट हुन्छ ।’ प्राइसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यो ह्याकिङ समूहले कम्प्युटर सञ्जालमा आक्रमण गरेर फिरौती माग्ने गरेको बताइन्छ । गत वर्षमात्रै यो समूहले १६ आकस्मिक सेवा र चिकित्सकीय क्षेत्रमा साइबर आक्रमण गरेको अमेरिकाको संघीय जाँचबुझ ब्युरोले जनाएको छ ।

रोयटर्सले जनाएअनुसार ‘कोन्टी’ समूहले हालसम्म १ हजार भन्दा धेरैलाई निशाना बनाइसकेको छ । पीडितहरूबाट यो समूहले हालसम्म डेढ करोड डलर भन्दा धेरै फिरौती प्राप्त गरेको जनाइएको छ ।

यसबाहेक यही अप्रिल महिनामा ‘कोन्टी’ समूहले ल्याटिन अमेरिकी मुलुक कोष्टा रिकाको कर तथा भन्सार क्षेत्रलाई निशाना बनाउँदा त्यहाँको विदेशी व्यापार समेत प्रभावित भएको प्राइसले बताए ।

गत फेब्रुअरी महिनामा यो समूहले रुसका विरोधीहरुलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ४८ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना