'भरतपुरमा कांग्रेसबाट मैँले जित्ने स्पष्ट संकेत छ' | Khabarhub Khabarhub

‘भरतपुरमा कांग्रेसबाट मैँले जित्ने स्पष्ट संकेत छ’

‘एमालेको सहयोग छ भन्नु मलाई कमजोर बनाउनु हो’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुरमा पाँच वर्षअघि जस्तै सत्ता गठबन्धनले रेणु दाहाललाई जिताउने चर्चा छ। तत्कालीन समयमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भए जस्तै अहिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि सहभागी छन्। कांग्रेसका धेरै नेता गठबन्धनबाट असन्तुष्ट बने पनि कांग्रेस संस्थापन पक्ष भने हसिया हथौडामै भोट हालेर रेणु दाहाललाई चुनाव जिताउनुपर्ने अभियानमा छ। यसमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकमत छ। तर, कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दर्ता परेपछि यतिबेला भरतपुर देशभरको स्थानीय तहमध्ये बढी चर्चामा छ। भरतपुरमा रेणु दाहाललाई जिताउने अभियानसहित गठबन्धनकै शीर्ष नेताले ठूलो सभा गरिसकेका छन्। यस्तोमा कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलको उम्मेद्वारी चुनौतिपूर्ण बनेको छ। सिंगो गठबन्धनविरुद्ध एकल तथा स्वतन्त्र उम्मेद्वारी दिएका पौडेल आफूले ढुक्कले जित्ने दाबीसमेत गरिरहेका छन्। उनै पौडेलसँग खबरहबका लागि यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः

भरतपुरमा तपाईंको उम्मेद्वारी चाहिँ किन हो ?
मेयर भएर भरतपुर महानगरलाई समुन्नत र समृद्ध बनाउनका लागि हो।

यो भन्दा अगाडिको मेयरले गरेको काममा चित्त नबुझेर म आफू गरेर देखाउछु भन्ने उदेश्यले आउनु भएको हो ?

अगाडिको मेयरले के गरेन भन्ने कुरा हैन। भरतपुर निर्माणमा मेरो धेरै ठूलो योगदान छ। २५ वर्ष अगाडि भरतपुर महानगरको डेपूटी मेयर हुदाँ निरन्तर नगरपालिका विकास योजना तर्जुमा गरेको थिएँ। एयरपोर्ट ग्यारेज हटाउने, बजार व्यवस्थापन गर्ने, एकीकृतसँग विकास गर्ने गरेको थिएँ। तर, त्यो अझै अधुरो रहेको छ। त्यसलाई पुरा गर्नुछ। महानगरपालिका भनेको अहिलेको स्थानीय सरकारको प्रमुख युनिट हो। त्यसकारण महानगरपालिकाका लागि नगर प्रमुख हुने मान्छे पनि अलराउन्डर हुनुपर्दछ। त्यसका लागि एउटा विज्ञ चाहिन्छ। जसमा प्रशासनिक क्षमता हुनुपर्दछ। त्यसको कानुनी ज्ञान हुनुपर्दछ। न्यायिक रुपबाट समस्या समाधान गर्न सक्ने क्षमता भएको हुनुपर्छ। अनुभवी पनि हुनुपर्छ। त्यसकारण म सबै हिसाबबाट त्यो संस्थाका लागि उपयुक्त व्यक्ति लागेर उम्मेदवारी दिएको हुँ।

जनता मेरो पक्षमा हुनुहुन्छ। हजारौँको समर्थन छ। मनोनयनको दिन अन्य पार्टीको तुलनामा धेरै मानिस मेरो पक्षमा हुनुहुन्थ्यो।

तपाईंको जित्ने आधार के हो ?
जनता मेरो पक्षमा हुनुहुन्छ। हजारौँको समर्थन छ। मनोनयनको दिन अन्य पार्टीको तुलनामा धेरै मानिस मेरो पक्षमा हुनुहुन्थ्यो। त्यसकारण हामी जनताका बीचमा जानुपर्ने रहेछ। जनताले हामीमाथि भरोसा गर्ने रहेछ भन्ने देखिन्छ। त्यो नै संकेत हो भोलि के हुन्छ त्यो त आज भन्न सक्ने अवस्था छैन।

तपाईं निर्वाचित भएर आएपछि प्राथमिकतामा के के कुरा पर्दछन् ?
निर्वाचित भएर आएपछि म सर्वप्रथम त नगरपालिकाभित्र सुशासनका लागि काम गर्ने, आफूले गरेका काममा पारदर्शिताको नीति अबलम्बन गर्ने, निश्चित रुपमा नगरपालिकाले चलाउने बैठकलाई सार्वजनिकीकरण गर्ने, त्यसपछि नगरपालिकामा भ्रष्टाचारलाई अन्त्य गर्ने र भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने र नगरपालिकामा मुद्दा मामिला हेर्नुपर्ने न्यायिक समितिमार्फत् आम मानिसलाई राहत दिनुपर्दछ। त्यसलाई व्यापक गराउने, जनमुखी बनाउने, छिटो छरितो गर्ने, कुनै कुरामा बिलम्ब भयो भने त्यसमा पदाधिकारी वा कर्मचारिलाई सचेत गराउने र एउटा नगरपालिकामा आएको व्यक्तिले दुःख दर्द सहन नपरोस्। त्यसलाई प्रथमिकतामा राखेर सानातिना कर जसले जनतालाई धेरै भौतारिनु पर्ने अवस्था छ। म त्यस व्यवस्थालाई खारेज गर्नुपर्छ भन्ने पक्षमा छु। त्यो कर जनताको पक्षमा नलगाउने, जनताका काम गर्ने लक्ष्यका साथ उम्मेदवारी दिएको हुँ। जनताका समस्याको समाधान समयमै गराउने हो। यदि त्यो नगर्ने कर्मचारीलाई कडा कारबाहीको व्यवस्था गर्ने हो। नगरपालिकाको कति जमिन छ। कति के कामका लागि प्रयोग भएको छ। उद्योग कहाँ कहाँ राख्ने, पर्यटकीय ठाउँको सुरक्षा कसरी गर्ने ? भरतपुर महानगरपालिकाको पश्चिमी भेगमा नारायणीको तटबन्ध छ। त्यसको वैज्ञानिक हिसाबले कार्ययोजना अगाडि बढाउने योजना छ। नारायणी नदीमा पुल बाँधेर नपवलपुर जिल्ला हुँदै गौतम बुद्ध विमानस्थलसम्म जानको लागि रोडको विकास गर्ने त्यसले गर्दा पर्यटन क्षेत्रमा पनि विकास हुन्छ। विज्ञलाई डाँकेर उनीहरुको सल्लाह सुझावमा अगाडि बढ्ने र वैज्ञानिक तरिकाबाट ती स्रोत साधनबाट जनतालाई अधिकतम लाभ हुने काम गर्ने योजना छन्।

निर्वाचनमा जाँदा प्रतिनिधिले धेरै प्रतिज्ञा गर्नुहुन्छ। तर, ति प्रतिवद्धतामध्ये धेरै पुरा हुँदैनन्। तपाईं चाहिँ मतदातालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
निर्वाचनमा जुन पार्टीबाट गए पनि निर्वाचित भएपछि तेरो र मेरो भन्ने हुँदैन। त्यो गर्नु हुदैन र म गर्दिन। कसैका प्रति मोह कसैका प्रति घृणा गर्नु हुँदैन। कोही कसैलाई अधिकतम सुविधा दिने काँही कसैलाई बञ्चित गर्नेकाम गर्नु हुँदैन। विकास निर्माणमा पनि स्रोत र साधनको सही तरिकाले प्रयोग गर्नुपर्छ। विकास र अधिकार निष्पक्ष हुन्छ। त्यहाँ पुगेपछि सबै जनता समान हुन्छन्। त्यसकारण मलाई जनताले विश्वास छ।

कांग्रेसको नियमावलीमा हसिया हथौडा चिह्न छैन। नेपाली कांग्रेसको कार्यकताले हसिया हथौडामा छाप लगाउनु पर्छ भन्ने कुनै नियममा छैन। नेपाली कांग्रेसको विधानले सबै नेता कार्यकर्ताले विधानको व्यावस्थालाई पालना गर्नुपर्दछ भनिएको छ।

गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ, त्यसलाई कसरी हेर्नु भएको छ ?
म बागी नै होइन। नेपाली कांग्रेसको नियमावलीमा हसिया हथौडा चिह्न छैन। नेपाली कांग्रेसको कार्यकताले हसिया हथौडामा छाप लगाउनु पर्छ भन्ने कुनै नियममा छैन। नेपाली कांग्रेसको विधानले सबै नेता कार्यकर्ताले विधानको व्यावस्थालाई पालना गर्नुपर्दछ भनिएको छ। त्यस्तो अवस्थामा हसिया हथौडालाई मान्दिन र म चुनाव लड्छु। केन्द्रको गठबन्धनमा एउटा व्यक्तिले चुनावी प्रतिस्पर्धा गर्ने हक प्रयोग गरेकोेमा तैले किन चुनाव लडिस् भन्न मिल्दैन। चुनाव लड्नु मेरो नैसर्गिक अधिकार हो। कांग्रेसका मान्छेलाई चाँहि अर्को पार्टीको चुनाव चिह्नमा मात्र भोट हाल भन्नु यो एउटा आफैमा विधान विपरितको काम हो।

तपाईंले उम्मेदवारी दिनुमा र फिर्ता नलिनुमा एमालेको सहयोग छ भन्ने आरोप छ। यसलाई कसरी व्याख्या गर्ने ?

यो सबै भ्रम हो। मलाई किन अरुले भन्ने। म बच्चा होइन, अरुले भनेको भरमा मनोनयन गर्छु र ? यो त मेरो उम्मेदवारीलाई कमजोर बनाउने खेल मात्र हो। त्यसमा कुनै सत्यता छैन। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : २८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको