निजामित कर्मचारी अस्पताल र कर्मचारीबीच सहमति | Khabarhub Khabarhub

निजामित कर्मचारी अस्पताल र कर्मचारीबीच सहमति


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजामित कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् । उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेश गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल गरिनेछ ।

डाक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए ।

‘सर्वोच्च अदालतले पनि एकपटकका लागि सीमित आन्तरिक प्रतियोगित गरिस्थायी गर्ने आदेश दिएको छ,’ उनले भने, ‘स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ ।’

सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी सङ्घले आफ्ना माग राखि टाँगिएको कालो ब्यानर हटाइएको छन् । विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत रहेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : २२ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको