निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन | Khabarhub Khabarhub

निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘आउँदो चुनाव हामीले हार्नु हँुदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।’

ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : २८ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम