कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता  | Khabarhub Khabarhub

कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता भएको छ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो । कुमारी जबका कर्मचारी पनि यो सम्झौताबाट लाभान्वित हुने जनाइएको छ । 

उक्त सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारी भने ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ । कर्मचारीहरूको शारीरिक स्वास्थ्य अवस्था र उनीहरूको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउने उम्मेदवारहरू एवं हाम्रा कर्मचारीहरूको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।’

काठमाडौँको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुकले तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सकिने बताइएको छ । यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क लाग्ने छैन । कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि शुल्क नलाग्ने  बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ३४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले