उदयपुरमा २९ करोड बेरुजु | Khabarhub Khabarhub

उदयपुरमा २९ करोड बेरुजु


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ । प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएको छ ।

कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाँङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६/०७७ भन्दा झन बेरुजु बढेर आएको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ८५ करोड २७ लाख ७४ हजारमध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यसअघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो ।

त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ६२ लाख १६ हजारमध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यसअघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्ब ८१ करोड ३१ लाख ३३ हजारमध्ये २.१८ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोड ९६ लाख ३८ हजार बेरुजु थियो । लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकममध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४.२९ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।

बेलका नगरपालिकासहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यसअघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु घटेर १.९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्ब ५६ करोड ३९ लाख २१ हजारमध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।

ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजारमध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्ब १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १ अर्ब २१ करोड ८८ लाख ६ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यसअघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ३० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको