विश्व इतिहासमा आज : पहिलो विद्युतीय ट्राफिक सिग्नल देखि गुरुद्धाराको गोली आतंकसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : पहिलो विद्युतीय ट्राफिक सिग्नल देखि गुरुद्धाराको गोली आतंकसम्म


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २० गते शुक्रबार । सन् २०२२ को अगस्ट ५ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट ५ मा संयुक्त राज्य अमेरिकाको वीस्कन्सिनस्थित ओक क्रिकको एक गुरुद्धारामा एक ४० वर्षीय वेड माइकल पेजले ६ जनाको हत्या गर्दै ४ जनालाई घाइते बनाए ।

सन् २००९ अगस्ट ५ मा मौरिटानियाका जनरल अबदेल अजीजले राष्ट्रपतिको शपथ ग्रहण गरे । सन् २००८ मा कुपश्चात जनरल बनेका अजीज सन् २००९ को चुनावपश्चात् राष्ट्रपतिमा नियुक्त भए ।

सन् १९९२ अगस्ट ५ मा ४ पुलिस अधिकारीहरुलाई रोडनी किङ्गमाथिको कुटपिटकोे दोषी पाएकोमा नागरिक अधिकारको उल्लङ्घनअन्तर्गत मुद्दा चलाइएको थियो ।

सन् १९८१ अगस्ट ५ मा ‘प्रोफेसन्ल एयर ट्राफिक कन्ट्रोलर्स अर्गनाइजेसन’ प्याटकोका अधिकारीहरुले काममा फर्कन अस्वीकार गरेसँगै राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनले ११३५९ अधिकारीहरुलाई जागिरबाट निकालेका थिए ।

सन् १९६३ अगस्ट ५ मा सोभियत संघ, संयुक्त अधिराज्जय, र संयुक्त राज्य अमेरिकाले मस्कोमा ‘न्यूक्लियर टेस्ट ब्यान ट्रिटी’ मा हस्ताक्षर गरे । शीत युद्धमा यी ३ राष्ट्रले आणविक हतियारको लगातार प्ररिक्षणसँगै तनाव सृजना हुन सुरु भएको थियो । यस सन्धीले आणविक हतियारको पानी, भूमि वा अन्तरिक्षमा हुने परिक्षणमाथि रोक लगाएको थियो । यस सन्धीले भूमिग परिक्षण गर्नेमा स्वीकृति दिएको थियो । सन् १९९६ मा भएको ‘कम्प्रिहेन्सिभ न्यूक्लियर–टेस्ट ब्यान ट्रिटी’ लागु भएसँगै भूमिगत परिक्षणमा पनि रोक लगाइएको थियो ।

सन् १९६२ अगस्ट ५ मा रिभोनिया सरकारले नेल्सन मन्डेलालाई पक्राउ गरेको थियो । सन् १९६१ मा मजदुर अन्दोलनको उत्तेजित गर्नुको अपराधस्वरुप मन्डेलालाई पाँच वर्षको कैद सजाय सुनाइएको थियो । एकवर्षपश्चात मन्डेलालाई रोबेन आइल्याण्ड जेलमा सारिएको थियो । सन् १९९० मा मन्डेलाले २८ वर्ष राजनैतिक कैदीको सजाय पुरा गरे । सन् १९९४ मा मन्डेला दक्षिण अफ्रिकाको पहिलो राष्ट्रपति बने ।

सन् १९६२ अगस्ट ५ मा अमेरिकी अभिनेत्री मारलिन मुनरो लस एन्जल्समा आफ्नो घरमा मृत फेला परेका थिए । उनको डिप्रेसनको औषधीको बोतल र औषधी कोठामा छरपस्ट थिए ।

सन् १९४० अगस्ट ५ मा लातभियन सोभियत समाजवादी गणतन्त्र स्थापना भएको थियो । सोभियत संघले लातभियालाई संघमा आबद्ध गर्दै लातभियन सोभियत समाजवादी गणतन्त्रको नामकरण गरेको थियो ।

सन् १९३० अगस्ट ५ मा अमेरिकी पाइलट, इन्जिनियर, अन्तरिक्ष यात्री निल आम्स्ट्र्रङको जन्म भएको थियो । आम्स्ट्र्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति थिए ।

सन् १९१४ अगस्ट ५ मा ओहायोको क्लिभल्याण्डमा विश्वको पहिलो विद्युतीय ट्राफिक सिग्नल जडान गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : १८ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले