माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन | Khabarhub Khabarhub

माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् ।

आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी चयनका विषयमा पार्टीमा छलफल भइरहेको बुझिएको छ।

पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष प्रचण्ड यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने मनस्थितिमा पुगेको एक नेताको दाबी छ।

नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिइरहेका छन् । बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भए पनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब दिइरहेका छन् ।

विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ०८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा