‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो’ | Khabarhub Khabarhub

‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो’


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगामी संसदीय निर्वाचनको विषयलाई लिएर दलबीच छलफल चलिरहेको छ। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने प्रधानमन्त्री कसरी बन्ने भनेर चिन्ता र छटपटीले सताएको छ। उनी तेस्रोपटक प्रधानमन्त्री बन्नका लागि अनेकौँ प्रयास गरिरहेका छन्। आफू भावी प्रधानमन्त्रीका लागि प्रचण्डले कहिले समाजवादीका नेता त कहिले कांग्रेससँग छलफल गर्दै आइरहेका छन्। आगामी संसदीय निर्वाचनपछि आफूले प्रधानमन्त्री पाउने सुनिश्चतामा दाहाल जुटेका छन्। के आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार छ ? के माओवादी केन्द्र कांग्रेस छोडेर एमालेसँग बार्गेनिङ गर्ने दाउमा छ ? यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका प्रभावशाली नेता राजेन्द्रकुमार केसीसँग धीरज बस्नेतले गरेको कुराकानी :

निर्वाचन मिति तोक्न किन ढिलाइ भयो त ?
निर्वाचन आयोगले मङ्सिरमा नै निर्वाचन गराउनुपर्दछ भनेर १ सय २० दिन समय मागेको पनि थियो। तर, प्राविधिक कारणले अलमलिएको हो। निर्वाचन आयोग र सरकारका बीचमा कुरा भइरहेको छ। भर्खरै स्थानीय तहको चुनाव सम्पन्न गरेको हुनाले निर्वाचन आयोग पनि तयारी अवस्था मै छ।

माओवादीका कारणले मिति तोक्न ढिलाइ भएको भनिएको छ नि त ?
छलफलका क्रममा अधिवेशनलाई अगाडि बढाउने कि संसद्को अवधि मङ्सिरमा टुङ्गिन्छ भनेर निर्वाचन आयोगले पनि भनिरहेको छ। फागुन २१ गतले संसद्ले शपथ ग्रहण गरेको अवस्था हो। हाम्रो संविधानमा शपथ ग्रहण गरेपछि मात्र उसको कार्य अवधि सुरु हुन्छ भनिएको छ।

सांसदको कार्य अवधि ठूलो कि आवधिक निर्वाचन ५ वर्षमा हुनेछ भनेर संविधानमा लेखिएको कुरा ठूलो हो ?
पाँच वर्ष कहिले पुग्छ भन्ने कुरामा भर पर्दछ। संसारले संसद्लाई चिनेको मिति फागुन २१ गते हो, निर्वाचन आयोगले निर्वाचन आयोगलाई चिन्ने कि निर्वाचन आयोगले संसद् चिन्ने भन्ने छ। सांसदलाई चिनाउने भनेको संसद हो, जबसम्म शपथ ग्रहण हुँदैन, तबसम्म उसको कार्यकाल सुरु हुँदैन। त्यसैले आफूले शपथ खाएको मितिदेखि सुरु हुनुपर्छ भन्ने मेरो धारणा हो। संसदको आयु भनेको फागुनसम्म हुनुपर्छ तर निर्वाचन आयोगले मङ्सिरमा चुनाव गर्दा पनि कुनै आपत्ति हुने कुरा छैन।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार हो त ?
अहिले हामीले गठबन्धन गरिरहेका छौं। गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । जब केपी शर्मा ओलीले लोकतन्त्रको चीरहरण गर्ने प्रयास गरे, तब मुलुक अस्तव्यस्त भयो। त्यसैले यो गठबन्धन राष्ट्रिय आवश्यकता हुन पुग्यो। गठबन्धनमा रहँदा प्रचण्डले पनि प्रधानमन्त्री हुन्छु भन्नु स्वभाविक नै हो।

कांग्रेसलाई प्रचण्डले प्रधानमन्त्री बनाउन सहयोग गर्ने तर कांग्रेसले चाहिँ किन नगर्ने त ? गठबन्धन अहिलेको आवश्यकता हो। त्यसैले संविधान जोगाउन आफ्नो सिद्धान्त, विचार नमिल्ने पार्टीहरूसँग पनि हामीले गठबन्धन गर्न बाध्य भएका छौँ।

नेपाली काँग्रेसले त पहिला २०७४ सालमा प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो नि। भोलि गठबन्धन गरेको अवस्थामा पाँच दलबीच हुन्छ। त्यसमा अरू पनि प्रधानमन्त्रीको भागीदार हुनसक्छन्। कि त गठबन्धन नै गर्नुभएन तर गठबन्धन गरेपछि भोलि प्रचण्ड नै भन्ने हुँदैन। मुख्य कुरा भनेको पाँच वर्षसम्म स्थिर सरकार दिने र लोकतन्त्र र सुशासनलाई रक्षा गर्नु नै ठूलो कुरा हो।

नेपाली कांग्रेस एक्लै लड्न नसक्ने हो त ?
इतिहासमा २०१५/०४८/०५६ सालमा बहुमत लिएर आएको पार्टीमा १६५ सिटमा मुलुक भर दुई तिहाई सिटमा जित्यो भने कसरी नेपाली कांग्रेसको हार हुनसक्छ। दुई तिहाई सिट ल्याएको पार्टीको पटक–पटक सरकारमा जाँदा पनि वि.सं. २०७४ सालको चुनावमा मा १ सय ६५ मा जम्मा २३ सिट ल्याउनु पो लज्जास्पद भयो त। तर, पनि संसदमा एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर प्रतिपक्ष कस्तो हुनुपर्दछ भनेर हामीले देखायौँ। तर, कतिपय मान्छेले कांग्रेस नै हरायोसम्म भने। तर, हामीले गुठी विधेयक, साइबर विधेयक, मानव अधिकार लगायतका विषयमा आवाज उठायौँ। गुठी विधेयक त सरकारलाई फिर्ता लिनसमेत बाध्य बनायौँ।

म काठमाडौँको सांसद भएको नाताले नेवार जातिको गुठीको जुन संस्कार छ, त्यो उनीहरूको सामाजिक रीतिरिवाज हो। यसलाई कुनै हालतले अवरोध गर्न पाइँदैन भनेर संसदमा धेरै बोलेर बन्द गरेको छु।

केन्द्रीय समितिको बैठकमा कांग्रेस आफैं अगाडि बढ्नुपर्दछ भन्ने कुरामा प्रचण्डलाई प्रधानमन्त्री बनाउने शर्तमा गठबन्धन गर्न तयार भएको हो ?
नेपाली कांग्रेसको सिद्धान्त र विचारलाई सूक्ष्म तरिकाले अध्ययन गरेर गठबन्धनमा जानुपर्छ र कुनै पनि हिसाबमा गठबन्धन गर्नु हुँदैन भन्ने कुरा बैठकमा उठेको छैन। तर, गठबन्धन गर्दा हाम्रो हिजोको इतिहास, अस्तित्व सबैलाई बचाएर नेपाली लोकतन्त्रमा आँच नआउने किसिमले गर्नुपर्दछ। किनभने भोलिको दिनमा गठबन्धन राष्ट्रिय आवश्यकता हो।

दुई दल मिल्दा तत्कालीन नेकपाले झन्डै दुई तिहाई ल्याएको थियो। तपाईंहरू माओवादी, एकीकृत समाजवादी, जसपा मिल्दा त आउला नि मत ?
मत आउन सक्छ। तर, केपी ओली सरकारले पटक–पटक यसलाई भत्काउन प्रयास गरेको कारण त्यसलाई बचाउनका लागि यो गठबन्धनको आवश्यकता छ।

सिट बाँडफाँटको विषयमा कुनै कुरा आएको छ ?
सिट बाँडफाँडको कुरामा यो गठबन्धनभन्दा पहिला नै चुनाव घोषणा गर्नुभन्दा नै पहिला नै गरौं भन्ने कुरा सुनेको छु। यो कुरा केन्द्रीय समितिको बैठकमा पनि आएको छैन। मैले सुने अनुसार कांग्रेसले १ सय १० सिट लिने भन्ने छ।

कांग्रेसले यति सिट लिँदा अरू दलमाथि अत्याचार भएन ?
अत्याचार भन्दा पनि विकास कसको छ भनेर हेर्नुपर्यो। अहिलेको निर्वाचन प्रक्रिया र प्रणाली हामीले अवलम्बन गर्र्यौ। त्यसले गर्दा यो एउटा अपरिहार्य भयो। दुई चुनाव गर्ने कि पोस्ट चुनाव गर्ने भन्ने सम्बन्धमा बाहिर छिमेकी देश भारत र बङ्गलादेशको अध्यादेश हेर्दा दुई चुनाव राम्रो रहेछ। तर, हाम्रो देशमा जनविद्रोह छ किनभने जनविद्रोहमा आफन्त परेका कांग्रेसमाथि आस्था गर्नुहुन्छ। त्यसैले यो नगर्दा पनि हुन्छ भन्ने केही साथीहरूको जायज कुरा हो। तर, ओलीले ल्याएको ज्यादतीले मुलुकमा भ्रष्टाचार, मुलुकको संविधान नै तहसनहस गर्ने प्रयास गएको कारणले मुटुमाथि ढुङ्गा राखेर गठबन्धन गर्नुपरेको छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६