विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार २०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

छिमेकीको कुकुरले टोकेपछि मालिकमाथि नै फलामको रड आक्रमण

छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।

धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई पुच्छर समाते र धकेलिदिए ।

आफूले पालेको जनावरलाई उद्धार गर्न मालिक आउँदा दहियाले मालिकलाई पनि हिर्काएका थिए । ककुरलाई रडले हानेर भुईमा पछारेपछि उनले मालिकलाई पनि हिर्काएका थिए । एकपछि अर्कालाई हिर्कापछि अर्का पुरुषले हस्तक्षेप गरेका थिए । कुकुरको विषयलाई लिएर दहियाल र तेस्रो व्यक्तिबीच झगडा भएको थियो ।

दहियाले परिवारकी एक महिलालाई पनि रडले हानेका थिए । घटनाको भिडियोमा क्रुद्ध ती व्यक्तिले महिलालाई आफ्नो घरमा प्रवेश गर्नबाट रोक्न खोज्दा रडले हिर्काएको देखाइएको छ । यसैबीच, कुकुरले टोकेका दहियाको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधान हटाइयो

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ । यहाँको गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले उक्त जानकारी दिएका हुन् ।

बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रु खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन डीपीडी पूरा गर्नु पर्ने छैन ।
यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेश गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ ।

ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘हामीमध्ये धेरै अन्तर्राष्ट्रिय तवरमा यात्रा गर्दैछौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौं । हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन् ।’

‘यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ ।’

यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ । अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो ।

सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ को थप सङ्क्रमण भएको जनाएको थियो । विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो ।

‘आगामी दुई महिनासम्म कोभिड सङ्क्रमितको सङ्ख्या बढ्ने कुरा स्पष्ट छ’, बटलरले भने । यसले कोभिड सङ्क्रमितसहित तीन हजारभन्दा बढी बिरामी रहेका अस्पतालहरूमा दबाब दिइरहेको उनले एक पत्रकार सम्मेलनमा बताए

‘म मानिसहरूलाई खोपको तेस्रो मात्रा लिन अझै पनि सुझाव दिन्छु किनकी हामी अहिलेसम्म यो भाइरसको सङ्क्रमणसँग जुधिरहेका छौँ ।’

एकै दिनमा सङ्क्रमितको सङ्ख्या सोह्र हजार भन्दा बढी

पछिल्लो २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा २४ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड १० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

बङ्गलादेशमा निरन्तर वर्षा र बाढीका कारण १०० भन्दा बढीको मृत्यु

बङ्गलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।

अधिकारीहरूले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बङ्गलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो ।

यहाँका कतिपय जिल्लाहरूमा पछिल्ला दिनहरूमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्याङ्ग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।

बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो सङ्ख्याका मानिसहरू विस्थापित भएका बताइएको छ ।

बाढी प्रभावितहरूको उद्धार र सहयोगका लागि ठूलो सङ्ख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ । अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरूलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ ।

त्यस्तै बिजुली र खानेपानीका संरचनाहरू पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरूको उद्धार गर्न र भत्किएका संरचनाहरू बनाउनका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन् ।

उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् । बङ्गलादेशका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।

इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणमा दुई महिलाको मृत्यु

इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ ।

रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुवै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ ।

अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ । ६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन् । अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

त्यस्तै, रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच, दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गभर्नरले निर्देशन दिएका छन् ।

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।

सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस ९१०४ डिग्री फरेनहाइट पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस ९५० डिग्री फरेनहाइट थियो। सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस ९३२ डिग्री फरेनहाइट भन्दा कमी रहन्छ।

इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठ जना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ।

मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर,लगभग ११,००० फीट, उचाइमा छ ।

दुर्घटना दिउँसो १स्४५ बजे भएको थियो । उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, शिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २।२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ।

स्थानीय पोलस्टर रियलमिटरका अनुसार युनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन २.५ प्रतिशत अङ्कले बढेर ५०.२ प्रतिशत पुगेको पनि देखाइएको छ।

सत्तारुढ कन्जरभेटिभ पिपल पावर पार्टीको समर्थन गत हप्तामा १.३ प्रतिशत बिन्दुले घटेर ४३.५ प्रतिशतमा पुगेको छ। त्यसैगरी प्रमुख उदार विपक्षी डेमोक्रेटिक पार्टीको अनुमोदन रेटिङ ०.८ प्रतिशत अङ्कले बढेर ४०.३ प्रतिशत पुगेको देखाइएको छ।

माइनर प्रोग्रेसिभ जस्टिस पार्टीले अघिल्लो हप्ताको तुलनामा ०।२ प्रतिशत अङ्कले गत हप्ता समर्थन स्कोरको ४.४ प्रतिशत प्राप्त गरेको थियो। गत सोमबारदेखि शुक्रबारसम्म दुई हजार ५१४ मतदाताको सर्वेक्षणमा आधारित भएर सो नतिजा आएको हो ।

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

चरम इन्धन सङ्कटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेको छ ।

श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।

लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ ।

श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।

अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन,पीयूसीएसएल। सहमत भएको उनले बताए ।

श्रीलंका सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ ।

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन छैन

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।

राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए ।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

डेनमार्कमा ३ मानिसको हत्या, बन्दुकधारी पक्राउ

डेनमार्कमा एक बन्दुकधारीले ३ मानिसको हत्या गर्दै बाँकीलाई ३ लाई गम्भीर घाइते बनाएको छ । डेनमार्कको दक्षिण कोपेनहेगनस्थित फिल्ड्स मलमा २२ वर्षीय व्यक्तिले गरेको आक्रमणका कारण तनाव सृजना भएको कारण पक्राउ गरिसकेको पुलिसले जनाएको हो ।

यस कार्यको उद्देश्य थाहा नभइसकेको र आतंकवाद पनि नभएको पुलिस प्रमुख सोरेन थाँमसेनले जानकारी गराए । अभियुक्तलाई राईफल र हतियारसहित पक्राउ गरेको पुलिसले जनाएको छ । अभियुक्तलाई आगामी सोमबार न्यायाधीशसामु पेश गरिनेछ ।

डेनमार्कमा संगीन आक्रमण भएको प्रधानमन्त्री मेटी फराइकसनले बताइन्। यस्तो चुनौतीपूर्ण समयमा सबैलाई एक साथ उभिन उनले आग्रह गरिन् । डेनमार्कले पहिलो पटक टुर डी फ्रान्स को पहिलो तीन चरण आयोजना गरेको खुसियालीको क्रममा सो घटना भएको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ५९ बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट