आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा « Khabarhub

आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो ।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ ।

विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलपा गरेको पाइएकाले आठ करोड २३ लाख २६ हजार ८०६ रुपैयाँ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४३ बजे

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी– कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई, वाईसीएललाई

चट्याङ लागेर मुगुमा एक जनाको मृत्यु

मुगु– मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ

सभामुख सापकोटाद्वारा सांसद गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौं – सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा

उपत्यकाको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने

काठमाडौँ – दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि