जन्मदिनमा स्वस्तिमा : कुटुमा कुटु गर्लको  'बुलबुल' यात्रा  | Khabarhub Khabarhub

जन्मदिनमा स्वस्तिमा : कुटुमा कुटु गर्लको  ‘बुलबुल’ यात्रा 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको परिचय केही समय यता फेरिएको छ।  आज जन्मोत्सव मनाइ रहेकी स्वस्तिमाले ‘बुलबुल’ मा अभिनय गरेपछि उनको पहिचान मात्र बद्लिएन, उनले समेत आफूमा परिवर्तन महसुस गरेकी छिन्। २७ वर्षमा प्रवेश गरेकी स्वस्तिमा डेब्यु फिल्म ‘होस्टेल रिटर्न्स’ बाट रंगीन दुनियाँमा उदाउँदा चुलबुले भूमिकामा देखा परिन्। फिल्ममार्फत् पनि औसत नै प्रतिक्रिया पाएपछि स्वस्तिमाको व्यस्तता भिडियोमा बढ्यो। चुलबुले अभिनयसँगै नाच्ने र गाउनेमै उनी सीमित भइन्। फिल्ममा औसत चर्चाकै बीच उनको विवाह निर्देशक निश्चल बस्नेतसँग भयो।

‘लूट’ मार्फत् निर्देशनमा पाइला टेकेका निश्चलसँग जोडिए पश्चात उनको चर्चा नहुने कुरै भएन। आफ्नो प्रतिभा देखाउन प्रतीक्षामा रहेकी स्वस्तिमा ’कुटुमा कुटु’ बोलको गीतमा डान्स गरेपछि चर्चाको उचाइमा पुगिन्। छक्का पञ्जा–२, नाई नभन्नु ल ५, जय भोले जस्ता फिल्म व्यावसायिक रुपमा सफल हुँदा उनलाई चिन्ने दर्शक बढे। यद्यपि उनको करिअरको लागि टर्निङ प्वाइन्ट भने ‘बुलबुल’ फिल्म बन्न पुग्यो। यो फिल्ममा अभिनय गरेपछि उनको अभिनय क्षमताको निकै चर्चा भयो। उनले आफ्नो दर्शकको दायरा पनि बढाइन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डमा समेत उनको उपस्थिति रह्यो।

फिल्म ’बुलबुल’ मा अभिनय गरेपछि रेगुलर दर्शक भन्दा भिन्न वर्गमा आफ्नो पहिचान स्थापित गरेकी स्वस्तिमाले अभिनय गरेको पछिल्लो फिल्म ‘चिसो मान्छे’ हो। यस फिल्मको लागि पनि उनले उत्तिकै मेहनत गरिन् । यद्यपि व्यावसायिक सफलता भने फिल्मले पाउन सकेन । दर्शकलाई आफ्नो कामले मोहित बनाउने स्वस्तिमाले बाजुराको भूमिकामा आफूलाई जीवन्त बनाउन मेहनत गरिन् । नेपाल ल्याइएको शवलाई बुझेपछि एक विपन्न परिवारले काठमाडौंदेखि बाजुरासम्म गरेको यात्राको कथा  भन्ने फिल्ममा स्वस्तिमाले पुष्पालाई बचेकी छिन् । पहिरन, चुरा, क्लिप, बुलाकी अनि जुत्ता पहिरेर आफ्नो क्यारेक्टरको लुक्स टेस्ट गरेकी स्वस्तिमाले लवजको लागि कक्षा नै लिइन् । नेपाली फिल्ममा क्यारेक्टरको लागि उनले गरेको यो मेहनत प्रशंसाकै हकदार छ । 

फिल्ममा आएपछि उनले परम्परागत ‘हिरोइन’ को सोचलाई बढाइदिने मान्छे धेरै भेटिन। ‘हिरोइन भने सफा, चिटिक्क हुनुपर्छ भन्ने सोच नै बढी भयो। मलाई बुझाउनेले पनि त्यही बुझाए। फलतः सुरुवाती दिनको काम त्यसरी नै भयो’, स्वस्तिमा भन्छिन्। छक्का पञ्जा , नाई नभन्नु ल , हजार जुनीसम्म जस्ता फिल्ममा अभिनय गरेकी स्वस्तिमालाई अहिले पनि ‘कुटुमा कुटु’ गर्ल भनेर समेत चिनिन्छ । उनले बुलबुलमा गरेको कामको चर्चा पनि अझै हुन्छ । उनी आफूलाई दुवै शैलीको फिल्म उत्तिकै प्रिय लाग्ने बताउँछिन् । 

‘हाम्रो सोचको दायरा बढाउनु जरुरी छ। छक्का पञ्जा मन पर्ने मध्ये कमैलाई बुलबुल मनपर्छ र बुलबुल मन पर्नेको सोच छक्का पञ्जाप्रति त्यही छ। तर, म दुवै किसिमका फिल्ममा काम गर्न चाहन्छु। म दर्शक विभाजित नहोस् भन्ने चाहन्छु’, स्वस्तिमाले भनिन्। उनले नेपाली फिल्मको सानो मार्केटमा दर्शक विभाजन हुनु नहुनेमा जोड दिइन्। उनले कुटुमा कुटुका दर्शकले बुलबुल हेर्ने वातावरण बन्नु पर्ने बताइन। उनलाई प्राप्त प्रतिक्रिया पनि मिश्रित छन्। कुटुमा कुटु गर्लनै हो बुलबुलमा अभिनय गर्ने रु भनेर पनि धेरैले सोधेका छन्। ‘म एकै किसिमको क्यारेक्टरमा रहन चाहदिन। दर्शक दुवैतर्फ हुनुहुन्छ। हामीले काममार्फत आकर्षित गर्नुपर्छ’, उनले भनिन्।

उनले बुलबुल, चिसो मान्छे जस्ता फिल्म बढी भन्दा बढी बने दर्शक बढ्ने बुझेकी छिन्। ’बुलबुल र चिसो मान्छे फिल्म आफैँमा फरक छन्। यस किसिमका फिल्मका दर्शक एकआपसमा कनेक्ट हुन्छन्। त्यसैले यस्ता फिल्मको संख्यात्मक हिसाबमा पनि बढी बन्नु जरुरी छ’, स्वस्तिमाले भनिन्। उनले यस किसिमका नेपाली फिल्म बढी बनेमा दर्शक बढ्नेमा विश्वस्त रहेको सुनिइन्।

’बुलबुल र चिसो मान्छे फिल्म आफैँमा फरक छन्। यस किसिमका फिल्मका दर्शक एकआपसमा कनेक्ट हुन्छन्। त्यसैले यस्ता फिल्मको संख्यात्मक हिसाबमा पनि बढी बन्नु जरुरी छ’, स्वस्तिमाले भनिन्। उनले दुवै किसिमको फिल्ममा आफू देखिने चाहना व्यक्त गरिन् । ‘हाम्रा दर्शकलाई कहिले कँही नेपाली फिल्ममा गरिएको प्रयोग मन पर्दैन। तर, उस्तै प्रकारको विदेशी फिल्मले वाहवाही बटुलिरहेका हुन्छन्। फिल्म बन्ने संख्या बढेमा दर्शकको टेस्ट बढ्दै फिल्म हेर्ने संख्या पनि बढ्ने छ’, उनले भनिन्। 

कुटुमा कुटु गीत मार्फत लोकप्रिय बनेकी स्वस्तिमाको अभिनय क्षमतालाई प्रस्ट्याउने काम भने ‘बुलबुल’ ले गर्‍यो। त्यसपछि उनलाई त्यस्ता फिल्मको लागि पनि सोच्ने गरिन्छ । ‘स्वस्तिमाले अभिनय गर्न सक्छिन् है’ निर्देशक भन्ने गर्छन । स्वस्तिमा भने आफ्नो छक्का पञ्जा र नाई नभन्नु ल फिल्मको दर्शक पनि गुमाउन चाहिँदिनन् । उनी बुलबुल र छक्का पञ्जाको दर्शकले एउटै फिल्ममा ल्याउन सकूँ भन्नेमा छिन् । आउँदो दिनमा उनको यात्रा कस्तो हुनेछ ? यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : १२ बजे

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने