प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते | Khabarhub Khabarhub

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । झडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो ।

प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले  जानकारी दिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरीमध्ये ६ जनाको हात, खुट्टा, घुँडा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा प्रहरी धर्मबहादुर रोकाया, इन्द्रबहादुर थापा, बीजित चदारा, निर्मला ऐर, झलनाथ शर्मा र प्रेमबहादुर धामीको हात खुट्टा, टाउको र घुँडाको हड्डी भाँचिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।  सोमबार सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा फाइल पेस गर्न जाने बेला प्रर्दशनकारीले वकिल कार्यालय र जिल्ला अदालतमा ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी घाइते भएका हुन् । सरकारी वकिल कार्यालय जिल्ला अदालतमा भएको ढुङ्गा प्रहार गर्ने प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २४ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी निरीक्षक विष्टले बताए ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद २० गते मृत अवस्थामा भेटिएका थिए । शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी प्रमुख अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए  । अहिले प्रमुख चलाउनेलगायतको बयानका क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरीमा किटानी मुद्दा दायर भएका सात जनाको पनि खोजी कार्य जारी रहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। गत जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित प्रमुख चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ०७ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा