हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित  | Khabarhub Khabarhub

हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड फिल्म झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बन्न थालेका छन् । निर्देशक रोहित शेट्टीले कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्मसले ‘स्पाइ युनिभर्स’ तयार गरिरहेको छ । यस्तै , करण जोहरले पनि ब्रह्मास्त्र मार्फत सिनेम्याटिक युनिभर्स तयार गर्दैछन् । जसमा अमिताभ बच्चन , नागार्जुन , शाहरुख खान लगायत हुने अनुमान गरिएको छ । यस्तै निर्देशक लोकेश कनगराजले आफ्नै युनिभर्स तयार गर्दैछन् । यसपटक उनले कैथीसँग विक्रमको कास्टलाई जोडे । 

यस्तै , केजीएफसलार जोडेर ‘मोनस्टर’ युनिभर्सको तयारीमा निर्देशक प्रशान्त नील छन् । उनले यश र प्रभासलाई एकै फिल्ममा ल्याउने तयारी गरिरहेका छन् । अन्य निर्देशक फिल्मकै युनिभर्सको तयारीमा जुट्दा निर्देशक रोहित शेट्टी भने हलिउड शैलीमा अगाडि बढेका छन् । उनले ‘कप युनिभर्स’ लाई सानो पर्दासम्म पुर्याएका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बासूर्यवंशीसम्म पुर्‍याइसकेका रोहितले पुलिसकै कथामा सिरिज समेत ल्याउँदैछन् ।

कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशी समेत सामेल छन् । अब उनले यसमा इन्डियन पुलिस फोर्सलाई पनि जोडेका छन् । सिद्धार्थ मलहोत्राको अभिनय रहने सिरिजलाई अमेजन प्राइमले निर्माण गर्नेछ । यसै मार्फत सिद्धार्थ समेत सिरिजमा डेब्यु गर्दैछन् । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म ‘शेरशाह’ हिट भएपछि एक पटक पुनः पुलिसकै भूमिकामा उनलाई सिरिज हेर्न पाइनेछ । 

मार्भल स्टुडियो र वार्नर ब्रोजकै शैलीमा रोहितले सानो पर्दामा पनि सिंघम, सिम्बासूर्यवंशीको कामलाई पुर्याउनेछन् । यसले उनको फिल्मलाई सिरिजसँग जोड्नेछ । अर्थात् मार्भल स्टुडियोको वान्डा भिजन, फाल्कन एण्ड द विन्टर सोल्जर, लोकी, हकआई लगायतमा सुपरहिरोहरुको कथाले स्थान पाए झैँ  उनले पनि मेकिङ्ग गर्नेछन् । यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दैछ । रोहितले सिरिजमै पनि प्रहरीमा लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारी अनुरूप सुरुवात गर्दैछन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ५६ बजे

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो