अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा | Khabarhub Khabarhub

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभिको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् । उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे  । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानविनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने जिकिर गरे ।

उनले  तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : १२ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्