अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा राखेको छैन : विशाल भट्टराई | Khabarhub Khabarhub

अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा राखेको छैन : विशाल भट्टराई


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थमन्त्रालयका बारेमा विभिन्न विषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् ।

उनले करका विषयमा छानविन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सीसीटिभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे । उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरू ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे ।

उनले यस विषयमा संसदीय छानविन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३९ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की