बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो  | Khabarhub Khabarhub

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर ल्याएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आर्थिक वर्ष २०७९/०८० बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाएका हुन् ।

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको पनि बताए । यसबारे छानबिन गर्न ओलीले माग गरे ।

अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।

एसपीपीबारे उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । ‘इनफ इज इनफ, अब त अति भयो’ उनले भने । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : २३ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा