डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा | Khabarhub Khabarhub

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । डोटीका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

 जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

जिल्लाका बाँकी रहेका पाँच वटा स्थानीय तहलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ । उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चालाई १४ वटा रोगविरुद्धका नौ वटा खोप लगाउने अभियान थालिएको जिल्ला समन्वय समितिका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६