छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु   | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु  


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरामा ना.६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको छ । विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाईते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सडकमा को.२८ प ४०९३ नम्बरको मोटरसाइकल र को.१९ प ९९६५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा को.१९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

दाङको लमही नगरपालिका–५ वयलडाडामा रा.१ स ३४५० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया राज कुमारी चौधरीको आइतबार राति मृत्यु भएको छ ।  बाटो काट्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ३३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको