‘बेलैमा सतर्कता अपनाए निको हुन्छ क्यान्सर’ | Khabarhub Khabarhub

‘बेलैमा सतर्कता अपनाए निको हुन्छ क्यान्सर’



काठमाडौँ– काठमाडौँको वीर अस्पतालमा भेटिएकी ललितपुरकी ५७ वर्षीया केसरी सिहं निक्कै प्रसन्न मुद्रामा थिइन् । क्यान्सर वाडको प्रतिक्षाकक्षमा बसेकी सिहंको हातमा एउटा फाइल थियो ।

त्यो फाइलमा क्यान्सरको अपडेट थियो । ‘४ वर्ष पहिले क्यान्सर देखियो, अहिले निको भयो,’ उनले भनिन्, ‘डरलाग्दो रोग भनेर सुरुमा निकै डराएँ, अहिले स्वस्थ छु, रोगले छोडिसक्यो ।’

‘सुरुमा निजी अस्पतालमा पुगेको थिएँ । क्यान्सर छ, बेलैमा आउनुभयो भनेर डाक्टरहरूले भन्नुभयो,’ उनी विगत सम्झेर भक्कानिन थालिन ।

घरमा कसरी भनौं भएको थियो । तर एकदिन अब कति नै बाच्छु होलार भनेर सासु आमालाई सुनाए । उहाँले त झनै पिर नगर म ठिक बनाउँछु भन्नु भयो । साँच्चै सासु होइन आफ्नै आमाले भनेको जस्तो लागेको थियो ।

सानीमा सासु डाक्टर भएकाले उहाँको डाक्टर प्रकाश सायमीसँग राम्रो सम्बन्ध रहेछ । दोस्रो चरणमा पुगेको मेरो स्तन क्यान्सर ठीक होला जस्तो लागेकै थिएन ।

त्यसपछि ह्याम्स अस्पतालमा गएर अप्रेसन भयो । अहिले वीर अस्पतालमा डाक्टर अबुंज कर्णले धेरै समयसम्म हेरिरहेको उनले सुनाइन ।

‘अहिले नियमित ‘चेकअप’ गर्छु, अहिले ठिक भैसकेको छ रे,’ उनले भनिन् । सुरुमा पहिला दुख्थेन, पछि मलाई सानीमा सासुले हेरे पछि थाहा भयो । प्रकाश सायमीकोमा दोस्रो चरणमा पुगेको रैछ । उपचारको प्रकृया ६ महिनासम्म भयो ।
डाक्टर भगवान नै रहेछन् भन्दै उनले भनिन्, ‘मरेको आशा पनि जिवित भयो । साच्चै डाक्टर भगवान रहेछन् ।’

यस्तै, तनहुँकी सीमा शाक्यलाई अस्पतालको त्यो दिनले अझै झस्काईदिन्छ । जुन दिन उनी साथीसँग अस्पताल पुगेकी थिईन । साथीले स्तन क्यान्सरको जाँच गराउन साथी जाँदा आफूलाई पनि लक्षण रहेको थाहा पाएको उनले बताए । उनले भनिन्, ‘लक्षण मिलेपछि धेरै डर लाग्यो । त्यै दिन जाँच गराए । दुईदिन पछि रिर्पोट आयो स्तन क्यान्सर भएको छ । त्यो खबर साथीबाट नै सुनेको अनि दुई घण्टा पछि अस्पतालको बेडमा रैछु ।’

आँखाभरी आँशु पार्दै उनले भनिन्, ‘२२ बर्षकी मात्रै थिए त्यो बेला । बसाई त काठमाडौँमा थियो तर त्यो तनावले कलेज जान सकिन पढाइ छुट्यो, घुमघाम पनि ठप्प भयो। साथीभाइहरूसँगको कुराकानी बन्द भयो । यतिसम्मकी साथीहरूको फोन उठाउनसम्म पनि मन नलाग्ने भएकी थिए । तर त्यो भन्दा ठुलो तनाव त मातृत्वको सुखद अनुभूति गर्न पाउँदिनकी भन्ने थियो ।’

‘समयमा नै अस्पताल पुगेको रैछु अहिले मेरो छोरा पनि छ, उसलाई स्तनपान गराउन सकेको छु । समयमा नै चेक गरेर अहिले नर्मल लाईफमा फर्केको छु,’ उनले भनिन् । पहिलो स्टेजमा नै अस्पताल पुगेको हुनाले उनको सहज उपचार भयो ।

स्तन क्यान्सर मात्रै होइन पुरुषमा धेरै देखिने फोक्सोको क्यान्सरका पीडित पनि उत्तिकै छन् । पोखराका धनबहादुर (लुरे) केसी. अहिले ६२ वर्षका भए । उनी सात महिनासम्म विभिन्न अस्पताल धाए तर के भएको भन्ने नै पत्ता लागेन ।

उनले आँखाभरि आशु निकाल्दै भने, ‘ओम अस्पतालमा गएर नि पत्ता लागेन । त्यहाँबाट भारतको राजीव गान्धि अस्पतालमा रिफर गरियो । त्यो समयमा उता आन्दोलन थियो ६३/६४ सालमा त्यसैले गर्दा जान गाह्रो भयो । भारत जान नसक्ने भएपछि चितवनको भरतपुर अस्पतालमा गएँ । डा विनय ठाकुरको टोलीले हेर्नुभयो । मेरो फोक्सोको क्यान्सर भएको रहेछ, भरतपुर क्यान्सर अस्पतालमा अप्रेसन भयो, त्यसपछि मेरो बसाई काठमाडौँ हुन थाल्यो । काठमाडौँको वीर अस्पताल आएर ९ ओटा किमो चढाई सकेँ ।’

अहिले नियमित जाँच गराउने गरेका केसी साझा कानूनी सेवा कलकींमा कार्यरत छन् ।

छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको तथ्यांक छ । जसको सिकार नेपाली महिला धेरै हुने गरेका छन् । यसैको ज्वलन्त उदाहरण बनिन् काभ्रेकी सानुमाया थापा । अरुको भन्दा उनको कहाँनी धेरै फरक छ ।

उनी भक्तपुरको क्यान्सर अस्पताल धाउन थालेको चार वर्ष भइसकेको छ । ‘एकपटक अगुल्टोदेखि तर्सेको कुकुर बिजुली चम्कदा पनि तर्सन्छ भने जस्तै मपनि आफ्नै घरबाट पीडित भएँ नानी, पुरुष देख्योकी डर लाग्छ,’ उनले अस्पतालमै डाँको छोडेर रुदै भनिन् ।

उनले भनिन्, ‘मेरो मागी बिहे भयो, घरपरिवार सबै राम्रै चलेको थियो । बिहे गर्दा भर्खर १२ पढ्दै थिएँ । के ठिक के बेठिक छुट्याउन सकिँन, घरबाट जे भन्नु भयो त्यै मानेर बिहे गरेँ। भनेको जस्तो घरपरिवार पाए भनेर पहिलो एक महिना त खुशीको सिमा नै थिएन् तर त्यो खुशि धेरै दिन टिक्न सकेन ।’

आफ्नो पीडा सुनाउँदै उनले भनिन्, ‘श्रीमान त अर्कै केटीसँग लागेका रैछन् पहिलेदेखि । आमाको करले मात्रै मसँग बिहे गरेका रहेछन् । त्यो दिन मेरो जीवनकै कालोदिन लाग्छ । श्रीमान रक्सीको नसामा आएर गर्ने व्यवहारले मलाई आजितमात्र पारेन् । मेरो पाठेघरको मुखमा क्यान्सरनै भएको रहेछ ।’

उनले भनिन्, ‘तेस्रो अवस्थाको क्यान्सरको अपरेसन त भयो तर, म जीवनभर आमा बन्न नसक्ने भएँ ।’

पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ ।

यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरूमा नराम्ररी प्रभावित बनाउँछ । जबकी पाठेघरको मुखको क्यान्सर क्रमशः विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा नपाउने क्यान्सर रोग विशेषज्ञ डाक्टर रितु बरालले बताइन् । जब समस्या गम्भिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार सम्भव भएको चिकित्सकहरू बताउँछन् ।

अक्सर महिलाले सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्दा समस्या बढ्ने डाक्टर बरालले बताइन । यसतर्फ सबै सचेत हुनुपर्ने उनको सुझाव छ ।

यो पनि पढ्नुहोस्

समयमै परीक्षण गरे निको हुन्छ 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : १९ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर