‘अरू देशको तुलनामा हाम्रो शैक्षिक प्रणाली मिलेको छैन’ | Khabarhub Khabarhub

‘अरू देशको तुलनामा हाम्रो शैक्षिक प्रणाली मिलेको छैन’



यस वर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हालै सार्वजनिक भएको छ। विद्यार्थीलाई अब कुन विषय पढ्ने र भविष्य कसरी उज्जवल बनाउने भन्ने अन्यौलता हुन्छ। एसइईको नतिजा सार्वजनिक भएपछि विद्यार्थीलाई भोलि गएर के गर्ने, कुन विषय पढ्दा राम्रो हुने कस्तो कलेज छान्ने कसरी पढ्दा राम्रो हुन्छ भन्ने बारेमा दुविधा हुनु स्वभाविक पनि हो। यिनै विषय वरिपरि रहेर २०५५ सालको एसएलसीमा सगरमाथा अंचल फस्ट (गोल्ड मेडलिस्ट) डा. जीबछ ठाकुरसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

एसईईको नतिजा आएपछि विद्यार्थी कहाँ जाने कस्तो विषय पढ्ने भन्ने दुविधामा छन्, ती विद्यार्थीलाई तपाईंको सुझाव के छ ?
कोरोना संक्रमणका कारणले धेरै समस्या ल्याएको छ। तर, पनि त्यो एउटा बितिसकेको समय हो। त्यसलाई बिर्सिएर नआत्तिइकन अगाडि बढ्नुहोस् भन्न चाहन्छु। अब कुनै र्फामेसीतिर म्यानेजमेन्टतिर, कोही विज्ञान या कुनै पनि संकायमा जानुभन्दा पहिला त्यसका बारेमा पूरै ज्ञान र त्योभित्र के छ, आफूले के गर्न सक्छु र त्यसका लागि पारिवारिक समर्थन पाउँछु कि पाउँदिन लगायतका विषयमा ध्यान दिनुपर्छ। त्यो सम्बन्धी कस्तो किताब पढ्ने ? त्यो किताब राम्रो छ कि छैन भनेर आफूभन्दा ठूला दाइदिदीहरूसँग सल्लाह लिएर अगाडि बढ्दा अवश्य सफल भइन्छ।

परिवारले यसरी पढ भन्ने, कलेजले पनि मेरो कलेजमा आऊ राम्रो हुन्छ भनेको हुन्छ, यो परिस्थितिबाट कसरी उन्मुक्ति हुने ?
विद्यार्थीको इच्छा अनुसार त्यो कस्तो हो भनेर जानेर मात्र पढ्न सकिन्छ। अहिले धेरै कलेज स्थापना भएका छन्। त्यसैले त्यो कस्तो हो भनेर पहिले थाहा पाउनुपर्छ।

अहिले नेपालमा विद्यार्थीका लागि कस्ता–कस्ता क्षेत्र महत्त्वपूर्ण र उपलब्धिमूलक छन् त ?
खास गरेर मैले देखेको टेक्नोलोजी र मेडिकल फिल्ड, टेक्निकल क्षेत्रतिर अनि बिजनेसतर्फ एकाउन्टेन इत्यादि र अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा मेडिकल फिल्ड र टेक्निकल क्षेत्र पढ्दा पनि सहजै हातमुख जोड्नसक्ने अवस्था देखेको छु।

कतिपयलाई आर्थिक संकटले पनि यो मेडिकल र टेक्निकल फिल्ड पढ्न पाएका छैनन्। कतिलाई यो गाह्रो भन्ने पनि छ। के नेपालमा यो फिल्ड साँच्चै जटिल भएको हो ?
आर्थिक अभाव धेरै ठूलो छ। तर, अहिले नेपालमा धेरै टेक्निकल फिल्डका विद्यार्थीले छिटो कमाएको देखिन्छ अरू विषय शिक्षाशास्त्र, मानविकीमा विद्यार्थीहरू हातमा सर्टिफिकेट बोकेर हिँडेको पाइन्छ। कि त लोकसेवामा नाम निकाल्न सक्नुपर्यो। टेक्निकल फिल्डमा पनि छात्रवृत्तिमा नाम निकालेन भने गाह्रो हो धेरै पैसा लाग्छ। तर, स्कलरशीपमा नाम निकाल्यो भने थोरै पैसामा पनि पढ्न सकिन्छ।
नपढ्ने नाम ननिकाल्ने विद्यार्थी अरू संकायतिर लाग्छ। जो म यो टेक्निकल फिल्डमा नै लाग्छु भनेर पढ्छ भने उसको लागि छात्रवृत्तिको पनि व्यवस्था छ। जो सानैदेखि नै शिक्षाशास्त्र, मानविकी व्यवस्थापन संकाय पढ्छु भनेर अगाडि जान्छ भने त्यो धेरै राम्रो हो। तर, कोही साइन्समा राम्रो नम्बर ल्याउन सकेन भने, छात्रवृत्तिमा नाम निकालेन भने र कोही आर्थिक अवस्था साह्रै कमजोर भएको कारणले अरू फिल्डमा जान्छन्। त्यसैले नेपालका विद्यार्थीले आफ्नो इच्छाशक्तिलाई मारेर पढेका छन् तर त्यसै नै राम्रो मात्र होइन हरेक विषय पढ्न सके राम्रो छ। मेडिकल फिल्डमा जति पनि विद्यार्थी बाहिर गएका छन्, उनीहरूले आफ्नो खुट्टामा उभिएर काम गरेका छन् त्यसका लागि परिवारको पनि सहमति आवश्यक पर्दछ।

जुन विषयमा पनि विद्यार्थीले राम्रो दक्षता हासिल गरे भने त्यसको विश्वव्यापी रुपमा मान्यता छ त ?
जुन विषयमा पनि राम्रो दक्षता हासिल गरेर आफूलाई चिनाउन सकियो भने त्यो भन्दा राम्रो केही छैन।

नेपालमा राम्रो शिक्षा छैन कि भन्ने आशङ्का छ। किनकी धेरै विद्यार्थी प्लस टु अध्ययनपछि थप अध्ययनका लागि विदेश गइरहेका छन्। के हाम्रो शिक्षा प्रणाली अरू देशसँग प्रतिस्पर्धा गर्नसक्ने छ ?
नेपाल सरकारले अन्य देशसँग प्रतिस्पर्धा गर्ने बनाउने कोसिस त गरेको छ। तर, विद्यार्थीमा नै यो गर्नुपर्दछ भन्ने छैन। नेपालमा एक जनाले कमायो भने १० जनाले खानुपर्छ। पहिला विद्यार्थीलाई पढ्नैपर्छ भनेर जुन डर थियो त्यो अहिले छैन। सीटीईभीटीले पनि प्रयोगात्मक रुपमा सबैलाई पास गरेको छ। अहिले धेरै विद्यार्थीमा यति जीपीए ल्याए त भैगो नि भन्ने छ। अरू देशसँग तुलना गर्ने हो भने त हाम्रो प्रणाली मिलेको छैन। जस्तो गाउँमा दलितको नाममा धेरै पैसाका कपडा लगिन्छ। तर, उसको शिक्षामा लगानी गरिएको छैन।

अहिलेको यो एसईईमा कम ग्रेडिङ आएर शैक्षिक स्थिति खस्कियो भन्दै छन् यसले हाम्रो हायर स्कुलको शिक्षामा कस्तो प्रभाव पार्ला ?
यो ग्रेडिङ सिस्टमको प्रविधि एकदमै खराब छ। तर, यसमा यतिसम्म ल्याएको विद्यार्थीले यो पढ्न पाउँदैन भनेर भन्नुपथ्र्यो। यसले गर्दा विद्यार्थीमा प्रतिस्पर्धाको माध्यम हट्यो। पहिला टप गर्यो भने ३/४ वटा गाउँका विद्यार्थी कसरी पढौँ भन्दै आउँथे। तर, अहिले पढाइ केही पनि हैन भन्ने छ। पास जसरी पनि भइन्छ भन्ने परेको छ। त्यसैले यो जीपीए प्रणाली खराब त हैन तर यसलाई सुधार्नु पर्दछ।

अहिले प्रविधिले पढ्ने बानीको विकासमा अवरोध गरेको भनिन्छ। तपाईंले कसरी पढेर त्यो उपाधि हासिल गर्नुभयो ?
अहिलेका विद्यार्थी बाहिरको रडिमेट खाना खान रुचाउँछन्। आफू पकाएर खाँदैन। बोर्डमा शिक्षकले पढाउँछन् तर विद्यार्थी कपीमा राख्दैन। म मोबाइलबाट पढ्छु, नेटबाट पढ्छु भन्छन्। त्यसले २ वटा समस्या ल्याउँछ। एउटा, पुस्तक पढ्ने बानी हट्छ र अर्को त्यो रेडियसनबाट पढियो भने शरीरमा भाइब्रेसन जान्छ र रेडिएसन निस्किन्छ। त्यसैले इलेकट्रोनिक साधनबाट धेरै बढी पढ्नुहुँदैन। नबुझेका र नजानेका कुरा कहिलेकाहीँ हेर्नुपर्छ। त्यसैले अहिले समग्र पढाइको मनस्थिति बिग्रिएको छ। कुनै कुराहरू किताबमा बुझेन भने हेर्न सकिन्छ। किताब पढ्दा धेरै ज्ञान मिल्छ। लेख्ने बानी बढ्छ पढ्ने बानी बढ्छ। मैले ‘एसईईपछि इन्ट्रान्स’ भन्ने पुस्तक लेखेको छु। त्यसले पनि विद्यार्थीमा आफ्नो क्षमता बढाउन भूमिका खेल्छ। त्यसैले म विद्यार्थीलाई पहिला पुस्तक पढ्नू, गुरूसँग सोधेर जान्नू, यदि त्योबाट पनि भएन भने मात्र नेट इन्टरनेटमा सर्च गर्नुहोस् भन्छु।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
सत्य बोलेर कसैलाई छलकपट गर्नु हुँदैन। मेहनत गरेर पढ्दा सफल भइन्छ। जीवन एक हार र जितको खेल हो। कहिले हारिन्छ त कहिले जितिन्छ। त्यसैले कहिल्यै हरेस खानु हुँदैन। निर्भिक भएर धैर्यवान् बन्नुपर्छ। सबै विद्यार्थीलाई आचरण राम्रो बनाउनुपर्छ भन्न चाहन्छु।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ४९ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा