सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान | Khabarhub Khabarhub

सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ ।

यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको बाढी, खोला उत्पन्न बाढी र तटीय कटाव जस्ता विभिन्न क्षेत्रमा परेको असरका कारण हामी खतराको सामना गरिरहेका छौँ ।

मौसम विभागले केही क्षेत्रमा ३५० मिलिमिटर पानी परेको र नेपियन नदीबाट बाढीको सम्भावना बढेसँगै उनले चेतावनीको घोषणा गरिन् । विगत २४ घण्टामा आकस्मिक सेवाअन्तर्गत ८३ बाढी उद्धार कार्यक्रम सञ्चालन सम्पन्न भइसकेको उनले जानकारी गराइन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तन र ल निनिया मौसम परिस्थितिका कारण बाढी आकस्मिक अवस्था जीर्ण बनेको हो । जब तीव्र गतिको हुरीले प्यासिफिकको तातो सतहको पानीलाई दक्षिणी अमेरिकाबाट बगाएर इन्डोनेसिया तर्फ लग्छ तब ल निनिया परिस्थितिको सृजना हुने गर्दछ । अष्ट्रेलियामा ल निनियाले वर्षा, साइक्लोन र दैनिक तापक्रममा गिरावट जस्ता समस्याको वृद्धि भएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : २७ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१