दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

स्वदेश फर्किए प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार भारतको तीन दिने भ्रमणमा गएका देउवा आज साँझ स्वदेश फर्किएका हुन् । देउवा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा पहिलो पटक भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट गरेका देउवाले समकक्षी मोदीसँगै जनकपुर–जयनगर रेलको उद्घाटन गर्नुभयो । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौतासमेत भएको छ । देउवाले मोदीसँग सीमा समस्या समाधानका विषयमा पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्रीको स्पष्टीकरण: पार्टी टू पार्टी सम्बन्ध राख्न भाजपा कार्यालय गएका हौँ
परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिका नाताले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा गएको बताएका छन् । तीन दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा शुक्रबार भाजपा मुख्यालय पुगेका थिए, जसलाई कूटनीतिक मर्यादा विपरीत भनिएको छ । आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भने ‘भाजपाको कार्यालयमा प्रधानमन्त्रीको नाताले नभई नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी टू पार्टी सम्बन्ध विस्तारका लागि जानुभएको हो ।’

डोटीको जीप दुर्घटनामा २ जनाको मृत्यु, ५ घाइते
डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । डोटीको पूर्वी चौकी–१ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ गइरहेको जीप वडा नं. १ मा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन । यता  कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएका छन् । कालिकोटको पचालझरना गाउँपालिका–८ भुइँचेचाङ र खोली बजारको बिच भागमा पर्ने कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएको कालिकोट प्रहरीले जनाएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ लाली घाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको बस कर्णाली नदीमा खस्दा एकजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले जानकारी दिए ।

सहमतिपछि पम्पहरूमा पठाउन थालियो इन्धन
राजधानी काठमाडौंमा तिन दिनदेखि असहज बनेको पेट्रोलियम पदार्थ वितरण भोलिदेखि सहज हुने भएको छ । पेट्रोलियम व्यवसायी र ट्याङ्कर चालकहरूले आ आफ्ना माग राख्दै ढुवानी रोक्दा तिनदिन देखि राजधानीमा पेट्रोलिय पदार्थको वितरणमा समस्या हुँदा उपभोक्ताले सास्ती भोग्दै आएका थिए । आज अपरान्ह ट्याङ्कर चालकहरूसँग सहमति भएसँगै पम्पहरूलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न माग राख्दै डिपोबाट इन्धन ’लोड’ नगरेपछि राजधानीका निजी पम्पहरूले आज दिनभर तेल बिक्री गर्न पाएनन् । खुलेका सरकारी पम्पहरूमा भने दिनभर सवारीसाधनको लामो लाइन लागेको थियो ।

१५ प्रतिशतसम्म बढ्यो गाडी भाडा
सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढेको दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा नराखेकोमा ओलीको आपत्ति
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । आज काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शिर निहुराउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् । यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए ।

रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्नुपर्छ: संचारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रूपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरे । उनले बिनाशकारी भूकम्प र कोरोना महामारी लगायत बिपद्को समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

भरतपुर महानगरको मेयर नछाड्ने कांग्रेसको निर्णय
आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ । आज बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए । हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर रहनुभएकी रेनु दाहाल आगामी स्थानीय तह निर्वाचनमा पनि दोहोरीने दाउमा रहेकी छन् । सत्तारुढ दलहरूले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो । 

कञ्चनपुरको बेदकोटका मेयर चन्द एमाले छाडेर नेकपा एसमा प्रवेश
कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मेयर चन्द आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्यलगायतका जनप्रतिनिधिहरू पार्टी प्रवेश गराए । २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिवसमेत भइसकेका छन् । एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य भएका थिए ।

नेपालसहित १४ सांसदविरुद्धको मुद्दा २७ गते पेसी
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका १४ सांसदमाथि कारवाहीको माग गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको पेसी २७ गतेका लागी तोकिएको थियो । सो मुद्दाको पेसी संयुक्त इजलासमा आजका लागी तोकिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन नपाएपछि अर्को पेशी २७ गतेका लागि तोकिएको हो । न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराउनुभएको थियो ।
अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिनुपर्ने सरकारी नीति थियो । 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ४१ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम