प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउँदै


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी मङ्गलबार बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले धरान २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम छ ।

बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ मा निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयर सचिवालयले जनाएको छ ।

यसैगरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले मंगलबार धरानमा सार्वजनिक विदा दिएको छ । गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४० बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट