३९ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण  | Khabarhub Khabarhub

३९ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्रको जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । 

अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताउनुभयो । दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङहुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् । 

यसैगरी एक हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा जान विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ ।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटकको प्रवेश शुल्कबाट गतवर्ष नौ करोड उनान्चालीस लाख राजस्व संकलन भएको एक्यापले जनाएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । कोरोना (भाइरस) को महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको मुस्ताङमा पछिल्लो यामदेखि पर्यटकको चहलपहल बढेको हो । कोरोना कहरअघि वार्षिक ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गरेको एक्यापको तथ्यांक छ ।

मुस्ताङमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण थला परेको पर्यटन क्षेत्र चलायमान बन्न थालेको हो । पर्यटकको चहलपहलसँगै पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल व्यवसायी र मजदुरलाई राहत मिलेको छ । 

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुईवर्ष सुनसान बनेको मुस्ताङमा पछिल्लो यामदेखि पर्यटकको चहलपहल बढेको लोमान्थाङका होमस्टे सञ्चालक टासी गुरुङले बताए ।

सडक यातायातको सहज पहुँच, पदयात्रा र भ्रमणका लागि अनुकुल मौसम, सुविधा सम्पन्न होटल, प्रर्वद्धनात्मक गतिविधि र पूर्वाधार निर्माणसँगै मुस्ताङमा स्वदेशी पर्यटक बढेका लोमान्थाङका वडा सदस्य छेवाङ रिनजीन गुरुङले बताए । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण मुस्ताङमा पर्यटक आकर्षित भएका हुन् ।

सडक निर्माणसँगै मासिएका पुराना पदमार्गको विकल्पमा नयाँ मार्गको विकास, धार्मिकस्थल दामोदरकुण्डलाई सडक सञ्जालमा जोड्ने, ऐतिहासिक महत्वका गुम्बा, दरबार र संस्कृति संरक्षणमा जोड दिइएको गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बताए ।

मुस्ताङको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन बेनी–जोमसोम–कोरला सडक स्तरोन्नितिलाई पूर्णता दिई पोखरा–जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ । त्यसैगरी नयाँ गन्तव्यको पहिचान, प्रवद्र्धन र धार्मिक ऐतिहासिक सम्पदाको संरक्षणमा प्राथमिकता दिइएको सांसद विष्टले बताए ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : ३३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही