खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु | Khabarhub Khabarhub

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु : कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए ।

बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । रासस

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ०२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न