'नारायणीलाई जीवन्त बनाउने छु'  | Khabarhub Khabarhub

‘नारायणीलाई जीवन्त बनाउने छु’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । गत बिहिबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् । फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताए । 

यसपटक आफूहरूको क्यारेक्टर अझै  परिपक्व भएर दर्शक सामु आउँन लागेको नम्रताले बताइन । फिल्म नारायणीको भूमिका निर्वाह गर्ने नम्रताले फिल्मलाई लिएर उत्साहित रहेको बताइन । ‘यसपटक अर्पण दाइ पनि आउनु भएको छ । त्यसैले आफ्नो क्यारेक्टरमा जीवन्त बनाउन झनै मेहनत आवश्यक छ । प्रसाद हेरेर आफैँले औँल्याएको कमीकमजोरीले सिक्वेललाई राम्रो बनाउन मदत गर्ने छ’ उनले भनिन् । 

पछिल्लो समय आफू प्रसादको सिक्वेल र ग्रहण फिल्ममा काम गरिरहेकाले अन्य प्रोजेक्टलाई समय नदिएको समेत उनले बताइन । मैले  लकडाउन अगाडि नै प्रसाद २ गर्ने सेड्युल थियो । यद्यपि लकडाउनले सबै फेरबदल भयो । साथै , ग्रहणको लागि समेत एरियल योगाको प्रशिक्षण लिइरहेकाले अन्य प्रोजेक्टमा समय दिएकी छैन । मेरो एउटा प्रोजेक्टमा कुराकानी भइरहेको छ भने आफ्नै होम प्रोडक्सनबाट पनि एउटा फिल्म गर्दैछु नम्रताले भनिन् । उनले सिक्वेलमा निर्देशकको रुपमा सुदर्शन थापा आउँदा आफूहरूमा आएको परिपक्वताले काम गर्ने बताइन । 

‘मैले सुदर्शनजीसँग मेरो एउटा साथी छ मा काम गरेकी थिएँ । त्यस बेला हामी दुवै सिकाइकै क्रममा थियौँ । त्यतिबेलासम्मको यात्रामा संगालेको अनुभवले प्रसाद २ लाई फाइदा गर्नेमा विश्वस्त छु’ नम्रताले भनिन् । फिल्म तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । फिल्मका प्रस्तुतकर्ता सुभाष थापा हुन् भने निर्माता केशव पाण्डे छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : २५ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो