यस्ता छन् बोर्डको भावी कार्यक्रमहरु तथा योजनाहरु | Khabarhub Khabarhub

यस्ता छन् बोर्डको भावी कार्यक्रमहरु तथा योजनाहरु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसर पारेर गत बिहीबार सरकारले थप ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जनालाई परिचयपत्र प्रदान गरेका हुन् । यसका साथै बोर्डका सदस्य सचिव टंक बहादुर महतले पछिल्लो वर्षहरूमा बोर्डले गरेको प्रगतिको विवरणहरुलाई समेत सार्वजनिक गरे । 

२०५७ असार १६ गते नेपाल सरकारबाट गठन भई कार्यान्वयनमा आएको बोर्डले विश्वव्यापी कोरोना महामारीबाट भर्खरैमात्र चलायमान भएको चलचित्र क्षेत्र र राष्ट्रिय चलचित्र नीति कार्यान्वयन, नेपाल सरकारको नीतिमा परेको ‘दोलखामा चलचित्रनगरी निर्माण, अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण तथा सञ्चालन स्टोरी बैक सञ्चालन सातवटै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण, देशका लागि सिनेमा कार्यक्रम कार्यान्वयन¸ बक्स अफिस प्रणाली कार्यान्वयनसँगै चलचित्रक्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्पादनमूलक क्षेत्रको रुपमा विकास गर्न ऐक्यवद्धता अपरिहार्य रहेको सदस्य सचिव महतले बताए ।

उनले गत वर्ष बोर्डले नेपालका मौलिक कथाहरू संकलन गरि उत्कृष्ट मौलिक कथाहरूमा चलचित्र निर्माणमा प्रोत्साहन गर्न स्टोरी बैक स्थापना तथा सञ्चालन गरिएको जनाए । ‘नेपाल सरकारको नीति कार्यक्रम समेत रहेको यस कार्यक्रमबाट छनौट भएका उत्कृष्ट चलचित्रहरूलाई निर्माणमा सह-लगानी तथा आर्थिक सहयोग गर्ने गरिएको छ ।  यस वर्षका लागि ६५ मध्ये उत्कृष्ट ५ र ५ वटा चलचित्रको निर्माण सुनिश्चितताको लागि प्राविधिक समितिले प्रतिवेदन बोर्डमा बुझाएको अवस्था छ’ उनले भने । 

माध्यामिक तह कक्षा ११ र १२ मा चलचित्र सम्बन्धी विषयको अध्ययन अध्यापनका लागि पाठ्यक्रम विकास केन्द्रको समन्वयमा पाठ्यक्रम निर्माण भई पठन पाठन शुरु भएको समेत उनले बताए । सदस्य सचिव महत भन्छन् ‘ कक्षा ९ र १० मा चलचित्र विषयमा प्राविधिक शिक्षाको पठन पाठनका लागि पाठ्यक्रम विकास केन्द्रसँग छलफल शुरु गरिएको छ ।’

उनले बालबालिकालाई लक्षित गरी मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न बाल चलचित्र समिति ‘चिल्ड्रेन फिल्म सोसाइटी’ गठन गरी कार्य शुरु गरिएको बताए । नेपाल सरकारको नीति कार्यक्रममा समेत रहेको सातवटै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण कार्यक्रम कार्यान्वयनका लागि सातवटै प्रदेशमा उपयुक्त छायाङ्कनस्थलहरुको पहिचान भइसकेकोमा उनले जोड दिए  । ती स्थलहरूमा छायाङ्कनस्थल निर्माणका लागि सम्बन्धित प्रदेश सरकार र स्थानिय तहसँग समन्वय गरी छायाँङ्कनस्थलको निमार्णका लागि  छनौट गर्न मापदण्ड र त्रिपक्षीयद्विपक्षीय सम्झौताको नमूना स्वीकृत भई सम्झौताका लागि सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहमा पत्राचार गरिएको र कैलाली जिल्लाको घोडाघोडी नगरपालिकासँग सम्झौता भएको महतले जनाए । 

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्रहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यस वर्ष ६ वटा चलचित्रहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराइएको उनले बताए । काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न छायाङ्कन स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याउन वातावरणीय प्रभाव मूल्याङ्कन तथा डिपिआर तयार भई जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाइ छ । यसका लागि मन्त्रालयबाट बजेट विनियोजन समेत भएको महतले सुनाए । 

कोभिड–१९ दोस्रो लहरबाट प्रभावित प्रदर्शनको तयारीमा रहेका वा प्रदर्शन गरिएका चलचित्रहरुलाई राहत सहयोग उपलब्ध गराइएको र चलचित्र निर्माण कार्यमा संलग्न निर्माता, कलाकार, प्राविधिक एवं चलचित्र छायाङ्कनमा संलग्न चलचित्रकर्मीहरू तथा चलचित्र निर्माण सम्बन्धी कार्य गर्दा प्रयोग हुने उपकरण लगायतमा छायाङ्कन अवधीमा अप्रत्याशित र अनपेक्षित दुर्घटनाबाट हुन सक्ने जोखिमको न्यूनिकरण गर्न एवं निर्माण पक्षलाई सुरक्षित गर्न तथा नेपाली चलचित्रको निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले बोर्डले  १ करोड बराबरको प्रोजेक्ट बिमा सुरु गरेको महतको भनाइ छ । 

बोर्डले विशिष्ट श्रेणी चलचित्रकर्मीको परिचय प्राप्त व्यक्तिहरूलाई १ लाखसम्मको स्वास्थ्य बीमा रकम उपलब्ध गराउने व्यवस्था बोर्डले गरेको छ । यो परिचय पत्र पहिलो चरणमा ४० जनाले प्राप्त गरेका छन् र थप ६२ जनालाई कार्यक्रम मार्फत परिचय पत्र वितरण गरिने गरिएको छ ।

सदस्य सचिव महतले नेपाल सरकारले आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा चलचित्रक्षेत्रसँग सम्बन्धित केही कार्यक्रमहरूलाई सम्बोधन गरेको बताए ।  उनले चलचित्र मार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला¸संस्कृति र भौगोलिक विविधता एवं सुन्दरताको प्रचार प्रसार गरिने र नेपाललाई विदेशी चलचित्र छायाङ्कनका लागि आकर्षकस्थलकाे रुपमा विकास र प्रवर्द्धन गर्न सरकार तत्पर रहेको बताए ।

‘चलचित्र सम्बन्धी पूर्वाधार विकासका लागि दोलखा फिल्मसिटी आयोजनालाई सरकारी र निजी साझेदारी अवधारणा मार्फत निर्माण प्रक्रिया अघि बढाइनेछ ।काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याउनेछ’ उनले भने ।  आउँदो आर्थिक वर्षको लागि नेपाल सरकारबाट ३ करोड ९० लाख र बोर्डको आन्तरिक स्रोतबाट ९ करोड २ लाख ४० हजार गरी जम्मा १२ करोड ६२ लाख ४० हजारको विनियोजन प्रस्ताव बोर्डबाट पारित गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश भइसकेको समेत सदस्य सचिव महतले जनाए । बोर्डले आगामी आव २०७९/८०आर्थिक वर्षका लागि समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहने निम्नानुसारको भावी कार्यक्रमहरू तथा योजना अघि सारेको जनाए ।

१    नेपाल राज्यभरका चलचित्रघरहरुलाई केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा आवद्ध गराई बक्स अफिस प्रणालीको पूर्ण प्रभावकारी कार्यान्वयन गर्ने ।

२      राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम आयोजना गर्ने ।

३    नेपाली चलचित्रको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्द्धन र बजारीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने चलचित्र विकास कार्यशाला, चलचित्र महोत्सव, सेमिनार, एक्स्पो लगायतका कार्यक्रम संचालन गर्ने।

४    चलचित्र सम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने ।

५    नेपालको मौलिक कला संस्कृति झल्कने विशेष चलचित्रहरूको छनौट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।

६    महिला चलचित्रकर्मीहरूको सशक्तिकरणको कार्यक्रम सञ्चालन गर्ने ।

७    चलचित्रकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त चलचित्रकर्मीहरूको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने ।

८    नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न प्रवर्द्धनात्मक सामाग्री निर्माण गरी प्रचार प्रसार गर्ने ।
९    घुम्ती सिनेमा वा सिनेमा क्लब मार्फत शैक्षिक संस्थाहरू लगायत प्रदेशमा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।

१०    नेपाली चलचित्रको निर्माण, बजारीकरण तथा विकासका बारेमा अध्ययन, अनुसन्धान, चलचित्र सम्बन्धी प्राज्ञिक, प्रर्वद्धनात्मक तथा अनुसन्धान मूलक सामाग्री प्रकाशन गरी प्रचारप्रसार गर्ने।

११    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने ।

१२    आदिवासी, जनजाति, मैथिली, मधेसी दलित साथै विभिन्न भाषिक समुदायका मातृभाषामा बन्ने चलचित्रहरूको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।

१३    विशेष तथा सन्देशमूलक चलचित्र छनौट गरी प्रोत्साहन तथा सम्मान गर्ने ।

१४    देशका लागि सिनेमा कार्यक्रम सञ्चालनमा ल्याउने ।

१५    सातवटै प्रदेशमा चलचित्र छायाङ्कनस्थलको विकास गर्ने ।

१६    उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैक सञ्चालन गर्ने ।

१७    काभ्रेको बनेपामा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण कार्य शुरु गर्ने ।

१८    लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने ।

१९    सामाजिक जागरणका विषयमा बन्ने चलचित्रहरूलाई प्रोत्साहन गर्ने ।

२०    विद्यालय तह एवं विश्व विद्यालयहरूमा अध्यापन हुने चलचित्र सम्बन्धी विषयको पाठ्यक्रम निर्माण र परिमार्जनका लागि आवश्यक कार्य गर्ने।

२१    कार्यशाला, तालिम, गोष्ठीको माध्यमबाट चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने साथै सरोकारवाला संघ संस्थाहरूले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गर्ने ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ०९ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं