बेनी–जोमसोम सडक अवरुद्ध | Khabarhub Khabarhub

बेनी–जोमसोम सडक अवरुद्ध


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज  बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए । ‘सडक खुलाउने काम भइरहेको छ,’ उनले भने। 

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ । नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्यादीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् ।

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ । 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ५७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०